२०८३ कात्तिक ९ , आइतबार
Sadarline
२०८३ कात्तिक ९ , आइतबार

प्रेस स्वतान्त्रता सेनानी स्व बैष्यको स्मृति दिवश सम्पन्न



नेपालगञ्ज,  :  प्रेस स्वतन्त्रता सेनानी स्व. रामगोपाल बैश्य प्रतिस्ठानले प्रेस स्वतन्त्रता सेनानी स्व.बैश्यको सातौं स्मृति दिवस मनाएको छ । आईतबार नेपालगञ्जमा एक कार्यक्रमको आयोजना गरि प्रतिस्ठानले स्मृति दिवस मनाएको हो ।

सो कार्यक्रममा बोल्ने वक्ताहरुले बैश्यलाई सम्झदै उनले बाँकेको पत्रकारिता क्षेत्रमा अतुललिय योगदान गरेको भन्दै उनको योगदानको चर्चा गरेका थिए । साथै उनिहरुले शंखनाद साप्ताहिकका प्रकाशक तथा सम्पादक समेत रहेका बैश्यले लेख्ने गरेको ‘त्रिभुवन चोक बोल्छ’ भन्ने स्तम्भबारे समेत चर्चा गरेका थिए ।

स्व. वैश्यको प्रोष्टेस्ट क्यान्सरका कारण सात वर्ष अघि उपचारको क्रममा मृत्यु भएको थियो ।

प्रतिस्ठानका महासचिव रुद्र सुवेदीले सन्चालन गरेको कार्यक्रमा नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेशका नवनिर्वाचित अध्यक्ष शुक्रऋषि चौलागाईको प्रमुख आतिथ्यतामा, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामी, महासचिव भिम रानाभाट, प्रतिष्ठानका अध्यक्ष नन्दलाल बैश्य, उपाध्यक्ष अजय कुमार गुप्ता लगायत अन्य पत्रकारहरुको समेत सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८१ पुस ७ गते आइतबार
ताजा समाचार