२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति



पोखरा :  सहकारी अपचलनमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले आइतबार लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको हो । लामिछाने २ कात्तिकमा पार्टी कार्यालयबाट पक्राउ परेका थिए । उनीमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

लामिछानेसँगै गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल र लिला पछाईंलाई पनि थप १३ दिन हिरासतमा राखेर अनुुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

प्रकाशित मिति : २०८१ कात्तिक २५ गते आइतबार
ताजा समाचार