२०८३ कात्तिक ८ , शनिबार
Sadarline
२०८३ कात्तिक ८ , शनिबार

मंसिर १६ गते हुने स्थानीयतह उपनिर्वाचन २०८१ को केन्द्र तोकियो



नेपालगञ्ज  : आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन २०८१ को लागि निर्वाचन अधिकृतको कार्यालय रहने स्थान तोकिएको छ ।

निर्वाचन आयोगले कात्तिक १ गते जारी गरेको विज्ञप्तीमा आगामी मंसुर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यलय रहने स्थान तोकिएको हो  ।

यस अनुसार उपनिर्वाचन हुने जिल्लामा रिक्त नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षको निर्वाचनका लागि सम्बन्धित स्थानीय तहको केन्द्रमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहनेछ ।

त्यसैगरी वडाध्यक्षको मात्र निर्वाचनका लागि सम्बन्धित वडाको केन्द्र रहेको स्थानमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहने आयोगका सहसचिव एवम प्रवक्त नारयणप्रसाद सापकोले जारी गरेको विज्ञप्तीमा जनाईएको छ ।

प्रकाशित मिति : २०८१ कात्तिक १ गते बिहीबार
ताजा समाचार