२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

दिल्लीको नयाँ मुख्यमन्त्रीमा वर्मतमान मन्त्री अतिशीको नाम प्रस्तावित



एजेन्सी :  भारतको राजधानी दिल्लीको नयाँ मुख्यमन्त्रीमा वर्मतमान मन्त्री अतिशीको नाम आम आदमी पार्टीका नेता तथा वर्तमान मुख्यमन्त्री अरविन्द केजरीवालले प्रस्ताव गरेका छन् ।

अदालतले मुख्यमन्त्रीका रुपमा काम नगर्न आदेश दिएपछि राजिनामा दिने घोषणा गरेका केजरीवालले पार्टीको संसदीय दलको बैठकमा नयाँ मुख्यमन्त्रीको नाम सार्वजनिक गरेका हुन ।

भ्रष्टाचारको आरोपमा करिब ६ महिना जेलमा बसेपछि सर्वोच्च अदालतले केजरीवाललाई शुक्रवार धरौटीमा रिहा गरेको थियो ।

दिल्लीमा अब निर्वाचन घोषणा नभएसम्म अतिशीले अन्तरिम मुख्यमन्त्रीका रुपमा काम गर्नेछन । सुष्मा स्वराज र शिला दीक्षित पछि अतिशी दिल्लीको तेस्रो महिला मुख्यमन्त्री बन्ने छन् ।

प्रकाशित मिति : २०८१ असोज १ गते मंगलबार
ताजा समाचार