२०८३ कात्तिक ८ , शनिबार
Sadarline
२०८३ कात्तिक ८ , शनिबार

अन्तराष्ट्रिय हुलाक सेवाबारे कर्मचारीलाई तालिम



नेपालगञ्ज  : हुलाक सेवाका कर्मचारीका लागि बैदेशिक हुलाक सेवा र आईपिएस पोष्ट सम्बन्धी एकदिने तालिम बाँकेमा सुरु भएको छ ।

हुलाक सेवा विभाग बबरमहल काठमाण्डौको आयोजनामा सुरु भएको सो तालिममा लुम्बिनी, कर्णाली र सुदूरपश्मि प्रदेशका ९ जिल्लाका बैदेशिक हुलाक सेवा र आईपिएस पोष्ट सम्बन्धित शाखामा काम गर्ने कर्मचारीलाई लक्षित गरी सो तालिम सुरु गरिएको हुलाक सेवा विभागका निर्देशक ध्रुवराज आचार्यले जानकारी दिए ।

हुलाक कार्यालयको अन्तराष्ट्रिय शाखामा रहेका बाँके, बर्दिया, दाङ्ग, रुपन्देही, कैलाली, कञ्चनपुर, सुर्खेत, दैलेख र जाजरकोट जिल्लाका कर्मचारी सहभागी रहेको बाँके जिल्ला हुलाक कार्यालयका प्रमुख गोविन्द प्रसाद पाण्डेले जानकारी दिए ।

सो तालिममा अन्तरािष्ट्रय हुलाक सेवाको अभिलेखिकरण गर्ने तरिका, सेवा प्रवाह कसरी गर्ने लगायतका विषयमा हुलाकसेवा विभागका शाखा अधिकृत विष्णुदेवी गैह्रे र नासु कुमारसिह लामाले प्रशिक्षकको रुपमा रहेका छन् ।

 

प्रकाशित मिति : २०८१ असार २० गते बुधबार
ताजा समाचार