२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

कस्तुरी विनासहित हुम्लामा एक जना पक्राउ



नरजंग तामाङ्ग
हुम्ला  :  कस्तुरीको विनासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार नाम्खा गाउँपालिका–२ का कन्जोक तामाङलाई कस्तुरीको विनासहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार सिमकोट गाउँपालिका–६ स्थित तामाङको घरबाट ३ सय ४९ ग्राम कस्तुरीको विनासहित उनलाई पक्राउ गरिएको हो ।

उनी दिल्ली हुँदै साउन १ गते बेलुकी सिमकोट पुगेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए । बरामद गरिएको कस्तुरीको विनाको मुल्य ११ लाख रुपैयाँ जति पर्न आउने प्रहरी नायब उपरीक्षक खनालले बताए ।

बरामद गरिएको कस्तुरीको विना र तामाङलाई डिभिजन वन कार्यालय हुम्लालाई बुझाइने जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब प्रहरी उपरीक्षक खनालले बताए । एनटिभि अनलाइनबाट

 

प्रकाशित मिति : २०८१ साउन ३ गते बिहीबार
ताजा समाचार