२०८३ कात्तिक ८ , शनिबार
Sadarline
२०८३ कात्तिक ८ , शनिबार

विश्वासको मत नदिन एमालेको ह्वीप



काठमाडौं : प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत नदिन नेकपा एमालेले आफ्ना संसदहरुलाई ह्वीप जारी गरेको छ ।

एमाले संसदीय दलका मुख्यसचेतक महेश बर्तौलाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन आज ह्वीप जारी गरेका हुन् ।

यही असार २८ गते बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिन लागेका छन् ।

सो दिनको बैठकमा पार्टीका सांसदहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन पनि दिएको छ ।

एमालेले आफुलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्रीले विश्वासको मत लिने निर्णय गरेका थिए ।

एमालेले भने आफ्नो नेतृत्वमा नयाँ सरकार गठन हुन लागेको भन्दै प्रधानमन्त्रीलाई राजीनामा दिन आग्रह गरि रहेको छ ।

प्रकाशित मिति : २०८१ असार २७ गते बुधबार
ताजा समाचार