
नेपालगञ्ज : खाद्य स्वच्छतामा लगानी बढाऔ अप्रत्याशित अवस्थाको पूर्व तयारी गरो भन्ने मूल नाराका साथ छैठौ विश्व खाद्य स्वच्छता सप्ताह जुन १–७ बाँकेमा विभिन्न कार्यक्रमका साथ मनाईएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बाँके नेपालगञ्जको आयोजनामा खाद्य स्वच्छतामा आपतकालिन पूर्वतयारी विषयक अन्तरक्रियाका सहभागिले स्वच्छ खानपाउने अधिकारको संरक्षण गर्दै दुषित पानीका कारण, भण्डारणमा भएको कमजोरीको कारण, वितरण र ढुवानीमा हुने असावधानी लगायतका कारणले खाद्य अस्वच्छता हुने गरेको पाईएको सो अन्तरक्रियाका सहभागिले औल्याएका हुन ।
कार्यालय प्रमुख अमित भुषण सुमनको अध्यक्षतामा र खाद्य अनुसंन्धान अधिकृत एकराज बुढाथोकीले सहजिकरण गरेको सो कार्यक्रम माथिको प्रकास खाद्य प्राविधिक सहायक पूजा शर्माले पारेकी थिईन ।
कार्यक्रममा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जोरा सिंह माझीेले खाद्य स्वच्छताका लागि सबैको सहकार्यताबाट मात्र संभव हुने कुरामा जोड दिए । उनले खास गरी विपदको बेलामा खाद्य स्वच्छताको बारे विषेश चनाखो हुनु पर्ने धारणा राखे ।
सो अवसरमा उपभोक्ता हित संरक्षण समितिका प्रभात कुमार ठकुरी, बसन्त गौतम, दुध व्यबसायी संघका दिपक भण्डारी, घरेलु तथा साना उद्योग महासंघका मधु खड्का, नेपालगञ्ज उद्योग बाणिज्य संघका चिरञ्जीवि वली लगायतले आ–आफुनो भनाई राखेका थिए ।
खाद्य स्वच्छता सप्ताहको अन्तिम दिन भोली शुक्रबार अर्थात ७ जुनमा जिल्ला प्रशासन कार्यालय बाँकेबाट खाद्य स्वच्छता बारे सचेतनामुलक प्रभातफेरी निकालिने कार्यक्रम तय भएको खाद्य अनुसन्धान अधिकृत बुढाथोकीले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्