३० देशका ९० प्रवासी भारतीयसहित चारसय श्रद्धालुले गरे अयोध्या रामलला दर्शन : डा. जौली

सदरलाइन संवाददाता १३ बैशाख २०८१, बिहीबार १९:२३
 

नई दिल्ली : दिल्ली स्टडी ग्रुपको व्यवस्थापनमा विभिन्न ३० देशका ९० प्रवासी भारतीय सहित चारसय श्रद्धालुले अयोध्या रामललाको दर्शन गरेका छन ।

दिल्ली स्टडी ग्रुपका संयोजक तथा भारतीय जनता पार्टीका बरिष्ठ नेता डा.विजय जौलीको नेतृत्वमा हनुमान चालीसा पाठसंगै जयश्रीरामको नारा घन्काउदै ३० देशका ९० प्रवासी भारतीयका साथमा चारसय श्रद्धालुले अयोध्यामां रामलला दर्शन गरेका हुन ।


सो अवसरमा सहभागि श्रद्धालुले सन २०२४ मा हुन गईरहेको भारतीय संसदीय चुनावमा प्रधानमंत्री नरेंद्र मोदीको नेतृत्वमा अभूतपूर्ण जीत हुनु पर्ने कामना गरेका थिए । यसको नेतृत्व वैश्विक भारत ब्रांड एंबेसडर तथा अध्यक्ष दिल्ली स्ट्डी ग्रुप डॉ.जौली, पूर्व भाजपा दिल्ली विधायकले गरेका थिए ।

सो अवसरमा सहभागि सबै श्रद्धालु भक्तजनलाई रामनामी दुपट्टा ओढ़ाएर निधारमा चन्दनको तिलक लगाईएको थियो । सो कार्यक्रममा श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका महासचिव श्री चंपत राय, श्रीरामलाल राष्ट्रीय स्वयंसेवक संघ संपर्क प्रमुख, श्रीदिनेश चंद्र संरक्षक विश्व हिन्दू परिषद, उज्बेकिस्तानका व्यवसायी अशोक के. तिवारी (प्रवासी भारतीय सम्मानबाट सम्मानित), भूपेंद्र कंसल महामंत्री हिमालय परिवार विशेष उपस्थित रहेको थियो ।

रामललाको दर्शन भन्दा अघि सबै श्रद्धालुले सरयू नदी घाटमा आयोजित आरती र पूजा गरेर हनुमान गढ़ी मंदिर पुगेर राम भक्त बजरंगबलीको दर्शन गरेका थिए ।


श्रद्धालुहरुमा भूटानका राजदूत मेजर जनरल वेत्सोप नामग्याल, काउंसलर दोरजिक किंजांग, चीन गणराज्य (ताइवान) का भारतका लागि राजदूतकी सहायक प्रतिनिधि कुमारी त्साई जेन चुन, भारतमां रोमानिया महावाणिज्य दूत विजय मेहता र टुवालु महावाणिज्य दूत डॉ. दीपक जैन, नेपालबाट सार्क जर्नलिस्ट्स फोरमका अन्तर्राष्ट्रीय अध्यक्ष राजु लामा र निर्वासित तिब्बत संसद स्पीकर खेंपो सोनम तेनफेल उपस्थित रहेका थिए ।

दर्शनगर्ने प्रवासी भारतीयहरुमा ऑस्ट्रेलिया, बु्रनेई, भूटान, क्यानाडा, कोलंबिया, कंबोडिया, जॉर्जिया, गुयाना, केन्या, कजाकिस्तान, मलेशिया, मोजाम्बिक, मकाऊ, नाइजीरिया, नेपाल, नॉर्वे, रोमानिया, रवांडा, स्पेन, सिंगापुर, सिंट मार्टेन, चीन गणराज्य (ताइवान), ताजिकिस्तान, त्रिनिदाद एंड टोबैगो, तुवालु, तिब्बत, युगांडा, यूनाइटेड किंगडम, संयुक्त अरब ईमिरेड, उज्बेकिस्तान, संयुक्त राज्य अमेरिका इत्यादि देसका रहेका थिए । सबैले राम ललाको दर्शन उत्साहपूर्वक गरेका थिए । साथै सबैलाई भोजनको व्यवस्था गोपाल गर्गले गरेका थिए ।

अघिल्लो वर्ष २३ अप्रैल २०२३ मा डॉ. जौली कै पहलमा १५६ देस ७ महाद्वीपका नदि तथा समुद्रको जल संकलन गरीे अयोध्यामा राम मंदिर जलाभिषेक गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

१३ बैशाख २०८१, बिहीबार १९:२३
सुर्खेत : कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन । आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेललाई तीन दलका २३ सांसदले मत दिएका हुन् । मुख्यमन्त्री कँडेलले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत पाऊँ भनेर प्रदेशसभा समक्ष प्रस्ताव पेस गरेका थिए । ४० सदस्यीय प्रदेशसभामा कांग्रेसका तीन […]