नेपालगन्ज क्रिकेट कप शुरु

३ बैशाख २०७५, सोमबार १५:२१
 

सदरलाइनडटकम   
३ बैशाख, नेपालगन्ज : ‘नेपालगन्ज क्रिकेट कप’ सोमबारदेखि शुरु भएको छ । कोहलपुर स्थित प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिता शुरु भएको हो ।
कार्यक्रमको उद्घाटन पुर्ब यूवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले ब्याटिङ्ग गर्दै प्रतियोगिताको शुरुवात गरे ।

 पौडेलले मिसन आठौै राष्ट्रिय खेलकुदलाई टेवा पु¥याउने र मैदानको स्तररोन्नति गर्ने कार्य भैरहेको र खेलाडीहरुको क्षमता बृद्धि बिकासका लागी यो प्रतियोगिताले मदत गर्ने बताए । प्रतियोगितामा ६ वटा टिम समावेश गरिएका छन ।

 आर्शिवाद पेन्टस् नेपालगन्ज कप टी २० फरम्याटमा लिग गेम खेलाईन लागेको आयोजक ग्रीन ईभेन्टले जनाएको हो । टुर्नामेन्ट डाईरेक्टर सौगात विक्रम शाहले जानकारी दिए ।


प्रतियोगितामा जीसान बांके ब्लास्टर,आर्शिवाद पेन्ट्स पाल्पा योद्याज,अर्घखांची सिमेन्टस बर्दिया टाईर्गस,अर्जुन पाण्डेको दंगाली गोर्खाज,पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाज,एयाब्रोल लुम्बिनी यात्रीज रहेका छन् । बैशाख ३ गते देखि १२ गते सम्म हुने प्रतियोगितामा नेपालका लागि अन्तराष्ट्रिय खेल खेलेकाका राष्ट्रिय खेलाडी,तथा स्थानिय खेलाडीहरु खेल्दै छन् । प्रतियोगिताको विजेताले एक लाख दस हजार र उप विजेताले पचास हजार पुरस्कार राशि राखिएको प्रतियोगिताका प्रबन्ध निर्देशक मोहम्मद रफि एराकीले बताए ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष लामा टेन्डि शेर्पा,परिषद सदस्य उपेन्द्र पौडेल,नेकपा एमालेका केन्द्रिय सदस्य ठाकुर गैरे , मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भिम ओली लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

Next Post

हार्ट अट्याक अर्थात हृदयाघात बारे व्याप्त भ्रम र यसको यथार्थ

३ बैशाख २०७५, सोमबार १५:२१
१. बेहोस नै भएको छैन, कहाँ हृदयाघात हुनु ? हृदयाघात मुटुसँग सम्बन्धित कुरा हो । हृदयाघात हुँदा मानिसलाई छातीमा प्रचण्ड पीडा महसुस हुन्छ । छाती दुखाइ ठूलो ढुंगाले थिचेजस्तो, केही कुराले छाती वरिपरि बाँधेकोजस्तो प्रकृतिको हुन्छ । दुखाइ देब्रे पाखुरा, देब्रे चिउँडोतिर पनि सर्नसक्छ । कतिपय अवस्थामा यस्तो पीडा नभई […]

सम्बन्धित