‘पत्रकार महासंघ पूर्ण संघियता ढाँचामा सञ्चालन हुने’

सदरलाइन संवाददाता ३ चैत्र २०८१, सोमबार २०:१३
 

नेपालगञ्ज  : नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले महासंघको नयाँ कार्यसमितिले पत्रकार महासंघ भित्र साँच्चिकै संघियता लागु गर्ने बताएका छन् ।

सोमबार नेपालगञ्जमा यहाँका पत्रकारहरुसंग कुरा गदै उनले यस्तो बताएका हुन् । देश संघियतामा गएसंगै महासंघको संरचना पनि ३ तहमा गएको उल्लेख गर्दै महासचिव दाहालले ३ तहको संरचना भएपनि पुर्ण रुपमा संघियता कार्यान्वयन हुन नसकेको बताए ।

अबको आफ्नो कार्यकालमा संघियता कार्यन्वयन तर्फ आफु र आफ्नो कार्यासमिति लाग्ने बताउदै उनले अबका दिनमा पत्रकार तथा पत्रकारिताको सवाल सम्बोधन गर्ने कुरामा सम्बन्धित जिल्लाबाटै प्रक्रियागत रुपमै गरिने गरि कार्यायोजना बनाईने बताए ।

साथै उनले पत्रकार शुद्विकरणका सवालमा प्रक्रिया मिलेको र कागजात भएका सबै पत्रकारहरुलाई सदस्यता प्रदान गरिने र त्यस मामिलामा कुनै राजनिति नहुने दावि गरे ।


फरक प्रसंगमा बोल्दै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता अन्तराष्ट्रिय मुद्दा भएको भने । उनले अहिलेको अवस्थामा सरकारले ल्याएको सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ‘सामाजिक सञ्जाल ऐन, २०८१’ मार्फत् सरकारले सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार खोस्न खोजेको बताए ।

‘हरेक अनलाइन, रेडियो, टेलिभिजन तथा पत्रीकाहरुको आ–आफ्नो सामाजिक सन्जालमा उपस्थिती हुन्छ । त्यसमा लाइक शेयर तथा अन्य कुनैपनि प्रतिक्रिया दिन नमिल्ने भएपछि आफ्ना उत्पादनको ब्राण्डिङ्ग गर्न सकिदैन । कमेन्ट गरेकै भरमा पत्रकारले जरिवाना तिर्न सक्दैनन्’–उनले भने ।

त्यस अवसरमा पत्रकार महासंघ लुम्विनीका अध्यक्ष शुक्रऋषि चौलागाई, प्रदेश सल्लाहकार रुद्र सुवेदी, बाँकेको पुर्व अध्यक्ष निरज गौतम लगायतले पत्रकार र पत्रकारहरुको संस्थाको समग्र हितका बारेमा बोलेका थिए । कार्यक्रममा बाँकेका सन्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज म्याराथन र वनस्टेप फाउन्डेसनको सहकार्य हुने सम्झौता

३ चैत्र २०८१, सोमबार २०:१३
  नेपालगञ्ज :  अमेरिकी समाजिक संस्था वन स्टेप फाउन्डेसन र नेपालगञ्ज म्याराथन बीच किशोरी खेलाडीलाई दौडमार्फत मुल धारमा ल्याउने सम्बन्धमा सम्झौता भएको छ । समाजमा पिछडिएका र आर्थिक अवस्था कमजोर रहेका मुस्लिम, मधेसी, दलित, जनजाति समुदायका किशोरीलाई दौडमार्फत एउटै मञ्चमा ल्याई उनीहरुलाई सशक्तीकरण गराउन दुई संस्थाबीच सम्झौता भएको हो । […]

ताजा अपडेट