सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क सञ्चालन गरिने

१ चैत्र २०७६, शनिबार १६:५०
 
फायल तस्बिर ।

सदरलाइनडटकम,
नेपालगञ्ज डेस्क : सरकारले एसईई परीक्षा अवधिभर देशभरका परीक्षा केन्द्रमा हेल्थ डेस्क सञ्चालन गर्ने भएको छ । आगामी चैत ६ गतेदेखि शुरू हुने एसईई परीक्षामा हेल्थ डेस्क राख्न जिल्लास्थित परीक्षा समन्वय समितिलाई निर्देशन दिइएको शिक्षा मन्त्रालयले जनाएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पाखेरेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल सहभागी बैठकले परीक्षा केन्द्रमा हेल्थ डेस्क स्थापना गर्ने र स्थानीय तहहरूमा स्वयम्सेवक परिचालन गर्ने निर्णय गरेको हो । विश्वव्यापी रूपमा फैलिएको कोराना भाइरसको संक्रमणबाट परीक्षार्थी प्रभावित हुन सक्ने भन्दै परीक्षा केन्द्रमा हेल्थ डेक्स स्थापना गर्न लागिएको हो ।
डेस्कमा भाइरसको लक्षण देखिएका विद्यार्थीले तुरून्तै जाँच गर्न सक्नेछन् । एसईई परीक्षा सञ्चालन र व्यवस्थापनका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा परीक्षा समन्वय समिति रहने व्यवस्था छ । उक्त समितिले हेल्थ डेस्क स्थापना र सञ्चालन गर्ने जानकारी दिइएको छ ।
शिक्षा मन्त्रालयले स्वास्थ्यकर्मीसहितको डेस्क स्थापनाका लागि स्वास्थ्य मन्त्रालयलाई यसअघि नै आग्रह गरिसकेको छ । यसका लागि स्वास्थ्य मन्त्रालयलाई समेत परीक्षा केन्द्रको सूची उपलब्ध गराइसकेको छ । मुलुकभर १ हजार ९ सय ९४ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुँदैछ । यसवर्ष ४ लाख ८२ हजार २ सय १९ परीक्षार्थी परीक्षामा सहभागी हुँदैछन् ।

Next Post

जमुनाहास्थित प्रहरी चौकीको भवन भत्काइयो

१ चैत्र २०७६, शनिबार १६:५०
सदरलाइनडटकम, नेपालगञ्ज : नेपाल भारत सीमानाकास्थित जमुनाहामा रहेको नेपाल प्रहरीको भवन भत्काइएको छ । दशगजामै रहेको इलाका प्रहरी कार्यालय जमुनाहाको पुरानो भवन शनिवार भत्काइएको हो । सरोकारवालाहरुसँग छलफलपछि पुरानो भवन भत्काएर नयाँ भवन बनाउने सहमती भएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिरबहादुर ओलीले जानकारी दिए । नयाँ भवन निर्माणका लागि […]