मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सदरलाइन संवाददाता १३ बैशाख २०८१, बिहीबार १९:४४
 

सुर्खेत : कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन । आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेललाई तीन दलका २३ सांसदले मत दिएका हुन् ।

मुख्यमन्त्री कँडेलले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत पाऊँ भनेर प्रदेशसभा समक्ष प्रस्ताव पेस गरेका थिए ।

४० सदस्यीय प्रदेशसभामा कांग्रेसका तीन जना सांसद अनुपस्थित भएका थिए । एक जना निलम्बनमा परेका र दुई जना अनुपस्थित थिए । सभामुखसहित ३८ मध्ये मतदानमा ३५ जना सदस्य सहभागी भएका थिए ।

सहभागी मध्ये मुख्यमन्त्री कँडेलको पक्षमा २३ र विपक्षमा १२ र एक सांसद तटस्थ बसे । एमाले संसदीय दलका नेता समेत रहेका कँडेललाई एमालेका ९, माओवादीका १३ र एकीकृत समाजवादीका एक सांसदले मत दिएका हुन् ।


कांग्रेसका १५ जना सांसदमध्ये संसदीय दलका नेता जीवनबहादुर शाही निलम्बनमा छन् भने सांसद राजीव विक्रम शाह र जानकी सिंह संसद्मा उपस्थित भएनन् ।

कांग्रेसका १३ जना सांसदले विपक्षमा मतदान गरे भने भने राप्रपाकी सांसद सन्तोषी शाहीले पार्टीको नीति अनुरुप मतदानमा सहभागी नहुने बताउँदै मतदानमा सहभागी भईनन ।

कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही निलम्बनमा परेसँगै प्रदेश सभा सदस्यहरूको सङ्ख्या सभामुखसहित ३९ रहेको छ । ४० सदस्यीय प्रदेश सभामा सरकार बनाउनका लागि कम्तीमा २१ सिट आवश्यक पर्छ ।

विश्वासको मत पाएपछि मुख्यमन्त्री कँडेलले प्रतिप्रश्न नउठाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै कर्णालीलाई विकास र समृद्धिको बाटोमा लैजाने बताए । कँडेल चैत्र २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले निकट खेलकुद माहासंघको जिल्ला अधिवेसन सर्वसम्मत सम्पन्न

१३ बैशाख २०८१, बिहीबार १९:४४
  नेपालगञ्ज : २५ औं मनमोहन स्मृति दिवसको अवसरमा नेपाल खेलकुद महासंघ बाँकेको तेस्रो जिल्ला अधिवेशन बिहीवार नेपालगञ्जमा सम्पन्न भएको छ । तेश्रो जिल्ला अधिबेशन महासंघका अध्यक्ष होम सुनारको अध्यक्षता तथा प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य तथा संघिय सांसद दिपा शार्माको प्रमुख आतिथ्यतामा सम्पन भएको हो । अधिबेशनको बन्द […]