कोरोनाबाट बाँकेमा ३ जनाको ज्यान गयो

सदरलाइन संवाददाता २७ बैशाख २०७८, सोमबार ११:२१
 

नेपालगञ्ज : बाँकेमा उपचाररत थप ३ जना कोरोना संक्रमित बिरामीहरुको मृत्यु भएको छ ।

भेरी अस्पतालमा उपचाररत गुलरिया ७ बर्दियाकी ४६ बर्षीया महिला, बर्दिया बाँसगढी नगरपालिकाका ६८ बर्षीय पुरुषको गएराती क्रमश १० बजे र ११ः५० बजे मृत्यु भएको कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् ।


त्यस्तै नेपालगञ्ज १९ का ५१ बर्षीय पुरुषको आज बिहान ७ बजे भेरी अस्पतालमामा मृत्यु भएको छ ।

यो संगै बाँके जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १८८ र बाहिरी जिल्लाको मृतकको संख्या १४१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कञ्चनपुरमा अस्थायी होल्डिङ सेन्टर निर्माण

२७ बैशाख २०७८, सोमबार ११:२१
कञ्चनपुर : पश्चिमी सीमा नाका गड्डाचौकीमा अस्थायी होल्डीङ सेन्टर निर्माण थालिएको छ । भीमदत्त नगरपालिका, निड्स नेपाल र नेपाली सेनाको साझेदारीमा निर्माण गरिएको हो । भारतबाट फर्कने सर्वसाधरणहरुलाई कोरोना परीक्षण अवधिसम्म राख्न होल्डिङ सेन्टर निर्माण गरिएको हो । सेन्टर निर्माणका लागि सामग्री व्यवस्थापनको कार्य अन्तिम चरणमा पुगेको निड्स नेपालका कार्यकारी […]