बाँके प्रहरीद्वारा फागुण महिनामा सम्पादित कार्य सार्वजनिक

सदरलाइन संवाददाता २ चैत्र २०८१, आईतवार १८:२३
 

नेपालगञ्ज  :  बाँके प्रहरीले फागुण महिनामा सम्पादित कामका बारेमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी फागुण महिनामा सम्पादन गरिएका कार्यको सार्वजनिक गरिएको हो ।

बाँके प्रहरीले अपराध अनुसन्धान तर्फ १४ लाख ७१ हजार ८ सय ७५ बराबर भन्सार छलेको सामान सहित ३ व्यक्ति ४ मोटरसाईकल नियन्त्रणमा लिएर भन्सार बुझाएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक दीपक पातलीले जानकारी दिए ।

उनले फागुण महिनामै ट्राफिक कारवाहीतर्फ ३ हजार ६ सय १४ वटा सवारी साधनलाई कारवाही गरी २९ लाख ११ हजार ५ सय राजस्व उठाउन सफल भएको, अबैध नदीजन्य पदार्थ उत्खननमा ४ टिप्पर २ ट्याक्टर नियन्त्रणमा लिएर ४८ हजार जरिवाना भएको, भारतबाट अबैधरुपमा भित्र्याईएको ३ लाख ३६ हजार ८ सय १० मूल्यबराबरको बोईलर कुखुरा र मासु नियन्त्रणमा लिएर कारवाहीको लागि पशु क्वारेन्टाईन पठाएको बताए ।

बाँके प्रहरीले अपराध अनुसंन्धानतर्फ फागुण महिनामा १३१ मुद्दा दर्ता गरी १ सय २ जनालाई पक्राउ गरी कानूनी दायरामा ल्याएको, ६५ वटा अघिल्लो महिनाको पेण्डिङ्ग मुद्दा फच्र्याैट गरेको जनाएको छ । यो अवधीमा ६५ जना फरार अपराधी नियन्त्रणमा लिई १५ वर्ष २ महिना १८ दिन कैद असुल र ४ लाख ३५ हजार ५५ रुपैया जरिवाना असुल गरेको प्रवक्ता प्रहरी नायव उपरिक्षक पातलीले बताए ।

बाँके प्रहरीले यो अवधीमा ४ सय १४ वटा ठाडो उजुरी लिएरको यस मध्ये ३ सय ९६ वटा फच्र्यौट गर्न सफल भएको जनाएको छ । यो महिनामा १ किलो १ सय ६ ग्रमा ४ सय १६ मिलिग्राम ब्रँउन सुगर, ५ हजार ट्याब्लेट ट्रामाडोल, ४ किलो २ सय ग्राम चरेश ओसार पसारको अभियोगमा २२ जनलाई नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको छ । प्रहरीले हराएका ३ वटा मोटरसाईकल र २१ वटा एन्ड्रोईड फोन फेलापारी सम्बन्धितलाई बुझाएको छ ।


फागुण महिनामा महिला तथा बालबालिका सम्बन्धी १५ वटा मुद्दा दर्ता गरी ११ जनालाई पक्राउ गरिएको, ३१ वटा घरेलु हिंसाको उजुरी आएकोमा २४ फच्र्यौट गरिएको, महिला बालबालिका हराएको र खोजतलासको ४६ निबेदन आएकोमा १५ जना फेला पारी अभिभावकको जिम्मा लगाएको, १५ जना अलपत्र परेकाको उद्दार गरी संस्थामा पठाएको र सिमानाकाबाट ८१ जना महिला, बालबालिका र जेष्ठ नगारिकको उद्दार गरिएको प्रवक्ता प्रहरी नायव उपरिक्षक पातलीले बताए ।

उनले समुदाय र प्रहरी सहकार्य अन्तर्गत मातहत सहित गरी १ सय ६० वटा सचेतनामुलक कार्यक्रम आयोजना गरिएको र जसमध्ये लैङ्गिक हिंसा, लागू औषध सम्बन्धि सचेतना, आत्महत्या न्यूनिकरण सम्वन्धी सचेतना, अल्पशंख्यकसंग प्रहरी, नागरिक सुनुवाई, समुदाय प्रहरी साझेदारी, साईबर अपराध र चोरी सम्बन्धी सचेतना लगायतका कार्यक्रम संचालन गरिएको बताए ।

यो अवधीमा ट्राफिक सचेतनातर्फ २५१ वटा सचेतनामुलक कार्यक्रम लेन अनुशासन, जेब्रा क्रसिङ, ट्राफिक लाईटबार जानकारी दिने गरी संचालन गरीएको जनाईएको छ ।

बाँके प्रहरीले संगठन भित्र आन्तरिक सुदृढीकरण प्रयास गरेको जनाएको छ । उत्कृष्ट कार्य गर्ने १४जना प्रहरी कर्मचारीहरुलाई पुरस्कृत र आचरण बिपरित कार्य गर्ने ३ जना प्रहरी कर्मचारीलाई बिभागिय कारवाही गरिएको, यस कार्यालय तथा मातहत इप्रका तथा वप्रकाहरुमा ईलेक्ट्रिक हाजिर सिस्टम जडान गरी दैनिक हाजिर गर्ने गरिएको, पुर्व प्रहरी कर्मचारीहरुको गुनासो सम्बोधन तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

यसैगरी जिल्ला प्रहरी कार्यालय बाँकेको बाटो मर्मत, रङ रोगन, कार्यालय परिसर मर्मत तथा स्ट्रीप लाईट जडान सौन्दर्यकरण गरि सेवाग्राही मैत्री वातावरण तयार गरिएको जनाईएको छ । सो अवसरमा बाँके प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक तुलबहादुर कार्की लगायतको उपस्थिति रहेको थियो ।,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोशी प्रदेश प्रमुख खापुङद्वारा पाँच विधेयक प्रमाणीकरण

२ चैत्र २०८१, आईतवार १८:२३
बिराटनगर :  कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेश सभाबाट पारित भई आएका पाँच विधेयक प्रमाणीकरण गरेका छन् । उनले नेपालको संविधानको धारा २०१ को उपधारा (१) बमोजिम सभामुखबाट प्रमाणित भई पेश हुन आएका विधेयकहरू प्रमाणित गरेको उनको सचिवालयले जनाएको छ । प्रमाणीकरण गरिएका विधेयकहरुमा प्रदेश जीवनाशक बिषादी व्यवस्थापन […]

ताजा अपडेट