ठूला पार्टीको दासत्वबाट मुक्त गर्नको लागि दुई राप्रपाबीचको एकता

२० पुष २०७३, बुधबार १२:२५
 

सदरलाइनडटकम   
२० पुस, नेपालगन्ज : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ठूला पार्टीको दासत्वबाट देश र जनतालाई मुक्त गर्नका लागि दुई राप्रपा बिच एकिकरण भएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टिले नेपालगन्जमा आयोजना गरेको मध्यपश्चिमाञ्चल एकता आमसभामा बोल्दै अध्यक्ष थापाले देशका ठूला भनाउदा पार्टी नेपाली कांग्रेस, नेकपा एमाले र माओबादीको सत्ता लिप्सा र अर्कमर्णताका कारण देशलाई निकास दिलाउन दुई राप्रपा बिच एकता भएको दावी गरे ।
अध्यक्ष थापाले भने–‘नेताका रहरले मात्र पार्टी एकता भएको होईन आम कार्यकर्ता र नेपाली दजुभाईको आग्रह र अनुरोधमा राष्ट्र जोगाउन एकीकरण भएको हो ।’ उनले देशमा बिद्यमान संकटबाट राष्ट्र र जनतालाई मुक्त गर्नका लागि एकता गरिएको दोहोराए ।
अध्यक्ष थापाले कांग्रेस एमाले र माओबादीले धर्म निरपेक्षता लादेर राजसँस्था फालेर र नागरिकता ऐन लिएर लाखौ बिदेशी नागरिकलाई नागरिकता बाडदा समेत राप्रपा चुप लागेको बताउँदै पछिल्लो समयमा देश नै गुम्ने अबस्था आएपछि राप्रपा जुरमुराएको स्पष्ट पारे ।
आमसभामा बोल्दै राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपती शम्ंशेर राणाले कांग्रेसको समाजबाद म्याद सकिएको औषधी भैसकेको आरोप लगाए । उनले देशलाई संकटबाट मुक्त गराउनका लागि राप्रपाको उदारबाद नीतिनै अन्तिम बिकल्प हुने दाबि गर्दै भने–‘काँग्रेसको समाजबाद डेटस्पायर भएको औषधी जस्तै भै सक्यो अव देशलाई प्रगतिमा लैजानको लागि राप्रपाको उदारबाद आवश्यक छ ।’
राष्ट्रिय अध्यक्ष राणाले उत्तर दक्षिणमा रहेका दुई ठूला देशले विकासमा फट्को मारेको दशकौ भइसके पनि दुई देशको बिचमा रहेको नेपाल जहाँको त्यही हुनुमा ठूला दल नै दोसी रहेको जिकिर गरे ।
अध्यक्ष राणाले १० बर्षे जनयुद्धका कारण थुप्रै नेपाली युवाहरु बिदेशिनु परेका कारण पनि देशले बिकास गर्न नसकेको बताउदै उनले नेपाली जनाताको गुमेको पहिचान र हिन्दुत्वको पहिचान चोरीएका कारण चोरी भएको पहिचान फर्काउनका लागि दुई राप्रपा एक भएको दावी गरे ।
कार्यक्रममा राप्रपाका बरिष्ठ नेता डा. प्रकासचन्द्र लोहोनीले कांग्रेस एमाले र माओबादी मिलेर देशलाई तहस नहस बनाएको आरोप लगाउँदै तीनओटै पार्टी आफनो सिद्धान्तबाट अलग भएको आरोप लगाए ।


नेता लोहोनीले माओबादी आफनो माओबादलाई खाओबाद र कांग्रसले आफनो समाजबादलाई झवामबादमा परिणत गरेको आरोप लगाउदै भने–‘ हिमाल पहाड र तराइको एकतालाई जोगाई राख्नका लागि दुई राप्रपा एक भएको हो ।’ उनले देश टुक्राउने गरि आएको प्रदेश बिभाजन कुनै पनि हालतमा मान्य नहुने बताए ।
उनले कहिले तोडने र कहिले जोडनका लागि देश कुनै खेलौना नभएको बताउँदै प्रदेश सिमांकन गर्नै परे ५ विकास क्षेत्र नै अन्तिम बिकल्प भएको उल्लेख गरे । क्षेत्रीय एकता आमसभामा मध्यपश्चिमका बिभिन्न जिल्लाबाट हजारौको सँख्यामा राप्रपा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बाँकेका प्रभावशाली नेताहरु फत्तेसिंह थारु, प्रेमबहादुर भण्डारी, धवलशम्शेर राण, दिपक बोहरा, कुन्ती शाही, अभिनेत्री रेखा थापा, कोमल ओली लगाएत केन्द्रीय स्तरका नेताहरुको उपस्थिती रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रनियापुर गाविसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न अनुगमन

२० पुष २०७३, बुधबार १२:२५
नरेन्द्र सिंह/सदरलाइन २० पुस, नेपालगन्ज : रनियापुर गाविसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्नको लागि सरोकारवाला निकायबाट अनुगमन गरिएको छ । जिविस प्रतिनिधि, खानेपानी डीभिजन कार्यालयका प्रतिनिधि, यूनेस्को क्लब प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मीलगायतको टोलीले बुधबार घरदैलो कार्यक्रम गरी अनुगमन गरेका थिए । रनियापुर गाविसमा सोह्र जनाको घरमा पूर्णरुपमा शौचालय नभएको पाईएको […]