कोशी प्रदेश प्रमुख खापुङद्वारा पाँच विधेयक प्रमाणीकरण

सदरलाइन संवाददाता २ चैत्र २०८१, आईतवार १८:४०
 

बिराटनगर :  कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेश सभाबाट पारित भई आएका पाँच विधेयक प्रमाणीकरण गरेका छन् ।

उनले नेपालको संविधानको धारा २०१ को उपधारा (१) बमोजिम सभामुखबाट प्रमाणित भई पेश हुन आएका विधेयकहरू प्रमाणित गरेको उनको सचिवालयले जनाएको छ ।


प्रमाणीकरण गरिएका विधेयकहरुमा प्रदेश जीवनाशक बिषादी व्यवस्थापन गर्न बनेको विधेयक २०८१ तथा प्रदेश बीउ बिजन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०८१ रहेका छन् ।

यसैगरी केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयक तथा प्रदेश भवन ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ र कोशी प्रदेश वातावरण संरक्षण ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ पनि प्रदेश प्रमुख खापुङले प्रमाणित गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनीद्वारा वाग्मतीलाई ११६ रनको विजयी लक्ष्य

२ चैत्र २०८१, आईतवार १८:४०
दाङ :  दाङको लमहीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ अन्तरगत आजको खेलमा लुम्बिनी प्रदेशले वाग्मती प्रदेशलाई ११६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा प्रतियोगिताको आठौँ दिनको २०औँ खेलमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी प्रदेश ३२ दशमलव ४ ओभरमा अलआउट हुँदै […]

सम्बन्धित

ताजा अपडेट