संविधान संशोधन र निर्वाचनमा भारतको चासो !

५ भाद्र २०७३, आईतवार ११:५९
 

सदरलाइनडटकमbhagat-singh-koshiyari
५ भदौ, काठमाडौं : भारतका विभिन्न राजनीतिक दलका प्रभावशाली नेताहरुले नेपालमा संविधान कार्यान्वय भएर आर्थिक समृद्धि भएको हेर्न आफुहरु ईच्छुक रहेको बताएका छन् ।
नयाँ दिल्लीमा पत्रकार ऋषि धमलासँगको विशेष कुराकानीमा उनीहरुले विभिन्न आन्दोलनबाट प्राप्त भएका संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता जस्ता एजेण्डाहरुलाई संस्थागत गर्नपनि संविधान कार्यान्वयन अनिवार्य भएकोले नेपालका सबै राजनीतिक दलहरुले यसतर्फ सोच्नुपर्ने धारणा राखेका हुन् ।
भारतीय जनता पार्टीका प्रभावशाली नेता एवम् नेपाल मामिलाका जानकार भगतसिंह कोशियारीले संविधान संशोधनमार्फत असन्तुष्ट पक्षहरुको मुद्दा सम्बोधन गरेर मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउनेगरि प्रचण्ड नेतृत्वको सरकारले काम गर्नुपर्ने सुझाव दिए । उनले अघि भने,‘पहिलाको प्रचण्डजी र अहिलेको प्रचण्डमा फरक छ, उहाँ सुझबुझका साथ प्रधानमन्त्री बन्नुभएको छ, मलाई लाग्छ उहाँले मुलुकलाई निकास दिनेबारेमा गम्भिर भएर विशेष पहलकदमी लिनुहुनेछ ।’
कोशीयारीले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणपछि द्धिपक्षीय सम्बन्ध अझै समुधुर र प्रगाढ बन्ने विश्वास समेत व्यक्त गरे । उनले अघि थपे,‘अब हुने भनिएको द्धिपक्षीय उच्चस्तरीय भ्रमणले नेपाल–भारत सम्बन्ध अझ मजबुत बनाउँछ, त्यसमा कुनै शंका नै छैन् ।’
भारत नेपालमा जहिलेपनि शान्ति, सुव्यवस्था, स्थिरता र आर्थिक समृद्धि चाहाने उल्लेख गर्दै उनले भने,‘नेपाल अब आर्थिक समृद्धिको बाटोमा अघि बढोस्, भारताके यसमा पूर्ण साथ र सहयोग रहनेछ ।’
कोशीयारीले प्रचण्डको भारत भ्रमणको बेलामा दुई देशवीच भएका विभिन्न सन्धि–सम्झौताहरु आपसी समझदारी र छलफलको माध्यमबाट पूनरावलोकन गरिने समेत जनाए । उनले अघि थपे,‘नेपाल–भारत सम्बन्धमा देखिएका सबैखाले असमझदारी हटाउने कुरामा हामी पूर्ण तयार छौं, आपसी वार्ता तथा छलफलको माध्यमबाट हामी यसलाई टुँगोमा पुर्याउँछौं ।’
त्यस्तै कँग्रेस आईका बरिष्ठ नेता डा. करण सिंहले संविधान संशोधन गर्ने कुरामा आफूले चूनौति देखेको स्पष्ट पारेका छन् । डा. सिंहले भने,‘संविधान संशोधन कसरी गर्ने भन्ने विषयमा मैले चूनौति देखेको छु, एमालेलाई सहमतिमा लिएर संविधान संशोधन गर्ने वा सरकारले दुई तिहाई पुर्याउने ?’
उनले संविधान कार्यान्वयनको लागि पनि समयमै निर्वाचन सम्पन्न हुनुपर्ने धारणा राखेका छन् । उनले आफ्नो पार्टीले नयाँ सरकारलाई पूर्ण सहयोग गर्ने समेत प्रतिबद्धता जनाए ।
सिंहले नेपालमा देखिएको संघीयतासम्बन्धी सिमांकनको विवाद समाधान भएर मोर्चा सरकारमा सहभागी भए संविधान कार्यान्वयन हुनेमा आफू विश्वस्त रहेको बताए ।
जनता दल युनाईटेडका अध्यक्ष शरद यादवले नेपाल–भारत सम्बन्ध नयाँ शिरामा पुगेको विश्वास व्यक्त गरेका छन् । यादवले भने,‘द्धिपक्षीय सम्बन्ध सुधार भएको छ, अब यसलाई नयाँ गति दिनुपर्छ ।’ उनले अब द्धिपक्षीय सम्बन्ध सानातिना कुरामा अल्झिन नहुने समेत तर्क गरेका छन् ।
अध्यक्ष यादवले काँग्रेस–माओवादी केन्द्रको गठबन्धनमा बनेको नयाँ सरकारले मधेशवादी दल र एमालेलाई पनि साथमै लिएर अघि बढ्नुपर्ने सुझाव दिए ।
उनले भने,‘जतिसक्दो चाँडो सिंमाकनको विवाद समाधान भएर नेपाल आर्थिक समृद्धिको बाटोमा अघि बढोस भन्ने हाम्रो चाहना छ ।’ उनले प्रधानमन्त्री प्रचण्डलाई दुरदर्शी नेताको रुपमा समेत चित्रण गरेका छन् । यादवले अघि थपे,‘प्रचण्डजी अहिले परिवर्तन हुनुभएको छ, पहिलाकोजस्तो प्रचण्ड अब हुनुहुन्न, उहाँले मुलुकलाई निकास दिने कुरामा म विश्वस्त छु ।’
भारतीय राष्ट्रवादी काँग्रेसका महासचिव डिपी त्रिपाठीले नेपाल–भारत सम्बन्ध सुमधुर बनेको भन्दै नेपालका प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणलाई सफल बनाउन आफुहरु लागिपर्ने बताए । उनले अघि भने,‘भारत प्रचण्डजीको भारत भ्रमणको स्वागत गर्न आतुर छ ।’ आफूले प्रचण्डलाई नेपालको सफल प्रधानमन्त्रीको रुपमा देख्न चाहेको समेत उनको भनाई थियो ।
त्रिपाठीले प्रचण्डलाई दिर्घकालिन हित हुनेगरि काम गर्न समेत सुझाव दिएका छन् । उनले असन्तुष्ट मधेशी मोर्चालाई साथमै लिएर अघि बढ्न समेत प्रचण्डलाई आग्रह गरेका छन् । उनले अघि भने,‘मोर्चाको माग पुरा गर्न संविधान संशोधन गर्नुपर्छ, त्यसको लागि सरकारले पहलकदमी लिओस भन्ने हाम्रो शुभकामना छ ।’ संविधान संशोधन भएपछि मधेशी मोर्चा पनि सरकारमा सहभागी हुनुपर्ने उनको धारणा
छ ।
त्यस्तै भारतीय कम्युष्टि पार्टी माक्र्सवादीका महासचिव सिताराम यचुरीले प्रधानमन्त्री प्रचण्डले सबै दललाई मिलाएर लैजान सक्नेमा आफू पूर्ण विश्वस्त रहेको बताएका छन् । उनले संविधान संशोधन गरेर अहिलेसम्म प्राप्त भएका सबै खाले उपलब्धिहरुलाई संस्थागत गर्न पनि चुनाव गर्नुपर्ने अनिवार्य आवश्यकत्ता रहेको बताए । रिपोटर्स क्लवबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा बाल सुधार गृह आवश्यक

५ भाद्र २०७३, आईतवार ११:५९
सदरलाइनडटकम ५ भदौ, नेपालगन्ज – बाँकेमा बाल सुधार गृह आवश्यक भएको सरोकारवालाहरुले बताएका छन् । जिल्ला बालकल्याण समितिको बैठकको सन्दर्भमा बाल सुधार गृहको आवश्यकता भएको औल्याइएको हो । चोरी तथा बालबिज्याईका घटनामा परेका १० देखि १६ वर्ष सम्मका बालकहरु हप्तामा २–३ जना वा कहिले काहि ५ जनासम्म प्रहरी नियन्त्रणमा आउने गरेको […]