मिसन–२०२६ खेलकुद अभियान हो :  सदस्य सचिव घिसिङ

सदरलाइन संवाददाता २ चैत्र २०८१, आईतवार १७:१७
 

काठमाडौं :  राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले एशियाली खेलकुदमा स्वर्ण सहित दोहोरो पदकका लागि सुरु गरिएको मिसन २०२६ खेलकुदको महत्वपूर्ण अभियान भएको बताएका छन् ।

मिसन २०२६ को समिक्षा बैठकमा सदस्य सचिव घिसिङले एशियाली खेलकुदमा पदक ल्याउने प्रयास देशकै अभियान भएको उल्लेख गरे ।

उनले राष्ट्रिय खेलकुद परिषद्ले सन् २०२६ मा जापनमा आयोजना हुने २०औ एशियाली खेलकुदमा स्वर्णसहित दोहोरो पदकका लागि सन्चालन गरेको विशेष प्रशिक्षणको समिक्षा कार्यक्रममा समस्या समाधानका लागि सामुहिक प्रयास आवश्यक हुने बताउदै प्रशिक्षणका क्रममा हुने समस्याको समाधान तत्काल गर्न निर्देशन दिए ।


कार्यक्रमा विशेष प्रशिक्षणका प्रशिक्षकहरुले खेलाडीमा खेल क्षमता बृद्धि हुदै गएको प्रतिवेदन पेश गरेका थिए । राष्ट्रिय टिम तयारीका निर्देशक दिपक विष्टले समिक्षा बैठकले आगामी दिनमा प्रशिणलाई थप व्यवस्थित गर्न मार्ग दर्शन गर्ने उल्लेख गरे ।

सन् २०२६ मा जापानमा आयोजना हुने २०औं एशियाली खेलकुदमा स्वर्ण सहित दोहोरो पदक ल्याउने उदेश्य सहित विशेष प्रशिक्षण सन्चालन गर्दै आएको छ । हाल विशेष प्रशिक्षणमा ११ खेलका ९९ जना खेलाडी विशेष प्रशिक्षणमा छन् । ४६ जना महिला र ५३ जना पुरुष खेलाडीहरुलाई २२ जना प्रशिक्षकहरुले प्रशिक्षण दिईरहेको निर्देशक विष्टले जानकारी दिए ।

विशेष प्रशिक्षणमा कराते बक्सिङ, उसृु, जुडो, कवड्डी, महिला भलिबल, गल्फ, कुश्ती, एथलेटिक्स, तेक्वान्दो र पारा तेक्वान्दोका खेलाडीहरु विशेष प्रशिक्षणमा रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके प्रहरीद्वारा फागुण महिनामा सम्पादित कार्य सार्वजनिक

२ चैत्र २०८१, आईतवार १७:१७
नेपालगञ्ज  :  बाँके प्रहरीले फागुण महिनामा सम्पादित कामका बारेमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी फागुण महिनामा सम्पादन गरिएका कार्यको सार्वजनिक गरिएको हो । बाँके प्रहरीले अपराध अनुसन्धान तर्फ १४ लाख ७१ हजार ८ सय ७५ बराबर भन्सार छलेको सामान […]

ताजा अपडेट