फोटो सर्कलद्वारा नेपालगञ्जमा फोटो प्रदर्शनी

सदरलाइन संवाददाता ३ चैत्र २०८१, सोमबार २०:३२
 

नेपालगञ्ज : इतिहासमा महिलाहरुले दिएको योगदानलाई खोजेर डिजिटल रुपमा अभिलेख संकलनको काम गरिरहेको फोटो सर्कलले फोटो प्रदर्शनी सुरु गरेको छ । नेपालगञ्जको रामलिला मैदानमा सोमबारबाट प्रदर्शनी सुरु गरेको हो ।

यहाँ महिलाहरुको योगदान समेटिएका तस्वीरहरुको फोटो प्रदशनी भईरहेको छ । प्रदर्शनीबारे कुराकानी गर्दै फोटो प्रदर्शनी कार्यक्रमका संयोजक सरिता सिङले यहाँ मुलतः महिलाहरुको कामलाई झल्काउने पुराना फोटोहरुको कलेक्सन भएको बताईन् ।

ईतिहासमा महिलाहरुले राजनीति, समाज, शिक्षा, साहित्य तथा यात्राका क्रममा गरेका अनुभव तथा देशमा मात्रै नभईकन विदेशमा समेत महिलाहरुले गरेको योगदानहरुलाई फोटो मार्फत देखाउन खोजिएको फोटो प्रदर्शनी कार्यक्रमका संयोजक सिङले जानकारी दिईन् ।

यहाँ फोटो संगसंगै म्यागजिन, डायरी, किताबका पाना तथा विभिन्न प्याम्पलेटहरुको समेत प्रदर्शनी गरिएको छ । जसमार्फत ईतिहासमा महिलाहरुद्वारा कस्ता–कस्ता कामहरु गरिएको थिए भन्ने कुरा देखाउन खोजिएको आयोजकले जनाएको छ ।


प्रदशर्नी अवलोकनका लागि आएका बरिस्ठ कथाकार सनत रेग्मीले ईतिहासको दस्तावेजिकरणमा पछिल्लो पुस्ताको ध्यानाकर्षण हुन जरुरी रहेको बताए । नेपालगञ्ज आफैमा पनि ऐतिहासिक शहर भएकोले यहाँको विकास र परिवर्तनका लागि विभिन्न कालखण्डमा थुप्रै महिलाले योगदान गरे पनि उनिहरुको योगदानको उचित कदर हुन नसकेको गुनासो गरे ।

यस प्रदर्शनीले महिलाहरुको योगदानको दस्तावेजिकरण र उनीहरुको सम्मान बढेको खजुरा गाउपालिकाका संस्थापक उपाध्यक्ष एकमाया विकले बताईन् ।

उनले खजुराका सहिद सेतुविकलाई सम्झदै आजको नेपाल बनाउनका लागि ईतिहासमा धेरै महिलाहरुको योगदान भएको दावी गरिन् । ‘नेपालको ईतिहास हेर्ने हो भने, विभिन्न कालखण्डमा थुप्रै आन्दोलनहरु भए । त्यस समयमा महिलाहरुको महत्वपुण भुमिका रह्यो । त्यसको अव्वल उदाहरु भनेको २०६२/६३ को आन्दोलन हो । त्यसकारण सबै महिलाको योगदानको चर्चा हुनु आवश्यक छ’– उनले भनिन् ।

समाज, शिक्षा, राजनीतिक लगायतका विविध क्षेत्रहरुमा महिलाहरुले दिएका योगदानबारे अनुसन्धान गरेर त्यसबाट प्राप्त जानकारीलाई आम मानिसहरुसम्म पुराउने उदेश्यले गरिएको सो प्रदर्शनी ६ गतेसम्म सन्चालन हुने यस कार्यक्रमले सामाजिक राजनितिक आर्थिक तथा सांस्कृतिक आन्दोलनमा महिलाहरुले गरेको योगदानको चर्चा तथा त्यसको दस्तावेजिकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट