दैलेख तस्रो फलोअप : अन्तत दर्ता भयो विशेष नगरसभाको प्रस्ताव

सुरेन्द्र शाही २१ आश्विन २०८१, सोमबार १९:०१
 

दैलेख  : दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकाको असोज ३ गतेको कार्यापालिकको वैठकले ७१ जना करार सेवाका कर्मचारी हटाएपछि सिर्जना भएको विवाद अन्तत विशेष नगरसभाको प्रस्तावसम्म पुगेको छ ।

आफैले हस्ताक्षर गरेको आर्थिक वर्ष.०८१–०८२को बजेट रातो कितावमा आउदा फरक रुपले आएको भनि असोज १३ गतेका दिन कार्यापालिकामा प्रतिनिधित्व गर्ने नेपाल मजदुर किसान पार्टी र नेकपा एमालेबाट निर्वाचित जन प्रतिनिधीले बिरोध स्वरुप कोणसभा गरेका थिए ।

कोणसभामा बोल्दै चामुण्डाविन्द्रासैनी नगरपालिका वडानं. ५ का वडा अध्यक्ष हस्तप्रसाद शर्माले कर्मचारीलाई वडामा खटाउनु सक्दैन भने राजिनामा दिएर निकास दिन आग्रह गरेका थिए । राजनीतिक पुर्वाग्राहीले गर्दा कर्मचारी हटाउनु गलत सँस्कार भएको उनको भनाई थियो ।

‘जनताका दैनिक कामहरु सहज रुपमा सुचारु भएन भने नगर सरकारलाई कुर्चिबाट बाहिर सडकमा ल्याउने चेतनावनी दिन चाहान्छु’ उनले भने ।

८ दिनपछि दर्ता भयो विशेष नगरसभाको प्रस्ताव

सामाजिक परिचालक, पशुसेवा प्राविधिक, कृषि सेवा प्राविधिक, अनमी चौथों, अहेव चौथों, नगर प्रहरी, कम्प्युटर अपरेटर, कार्यालय सहयोगी र कुचिकारलाई संघिय सरकारको वित्तिय समानिकरण वजेटबाट तलब भुक्तानी गरी अपचलन गरेको भनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि हटाइएका कर्मचारीहरुको ठाउँमा थप कर्मचारी पठाउन नसक्दा चामुण्डा विन्द्रासैनी नगरपालिकाको वडा नं. १,६,७ आजका दिनसम्म पनि सचिव विहिन रहेको छ ।

कर्मचारी व्यवस्थापन समयमा नभएको भन्ने जन गुनासो बढेपछि कार्यापालिकामा प्रतिनिधित्व गर्ने नेपाल मजदुर किसान पार्टी र नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधीले विशेष नगरसभाको मागका लागि ३४ जनाको हस्ताक्षर असोज १३ गते नै संकलन गरेका थिए ।


हस्ताक्षर संकलन गरेको ८ दिन पछिमात्रै आइतबार चामुण्डा विन्द्रासैनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तबहादुर मल्ल समक्ष समस्या समाधानको लागि ज्ञापनपत्र बुझाइएको थियो ।

ज्ञापन पत्र समयमा नै नबुझाएको विषयमा पनि आशंका उत्पन्न भएको एक जन प्रतिनिधिले बताएका छन । ‘१३ गते हस्ताक्षर गरेको ज्ञापनपत्र २० गतेसम्म राख्नु आफैमा शंकास्पद छ । आखिर प्रमुख प्रशासकिय अधिकृतलाई बुझाउनु थियो भने यत्रो दिन किन कुर्नु पर्यो’–उनले भने–‘यो बिचमा नगर सरकारसँग बार्गेनिगं चल्यो होला, कुरा नमिलेपछि नगर प्रमुख र उपप्रमुख नहुदा पनि दर्ता गरेको नाटक गरियो ।’

नेतृत्व विहिन नगरपालिका

करार सेवाका कर्मचारीको विवाद बढेपछि केहि दिन यता नगर प्रमुख गणेशकुमार शाही तथा नगर उपप्रमुख मनसरा कुमारी रेग्मी पालिका भन्दा बाहिर छन । नगर प्रमुख कार्यालय भन्दा बाहिर हुँदा नगर उपप्रमुखलाई कार्यबाहक नगर प्रमुखको जिम्मेवारी दिने परम्परा रहेपनि दुवै जना कार्यालय बाहिर रहँदा कसैलाई पनि नगर प्रमुखको जिम्मेवारी दिएका छैनन् ।

यस बारेमा प्रमुख प्रशासकिय अधिकृत भक्तबहादुर मल्लसँग बुझदा आफुलाई कसैलाई कार्यबाहकको जिम्मेवारी दिएको जानकारी नभएको बताए । नगर प्रमुखको जिम्मेवारी भएकाले आफुले पनि कसलाई कार्याबाहक दिएको भनि नसोधेको उनले भनाई थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्मचारी मिलन केन्द्र बाँकेको दशै शुभकामना आदानप्रदान

२१ आश्विन २०८१, सोमबार १९:०१
नेपालगञ्ज  : हिन्दू समुदायको बडादशैको अवसरमा कर्मचारी मिलन केन्द्र बाँकेको आयोजनामा शुभकामना आदानप्रदान एवम कार्यालय प्रमुख तथा सूचना अधिकारीहरुको बैठक सम्पन्न भएको छ । कर्मचारी मिलनकेन्द्र बाँकेका अध्यक्ष गोविन्द पाण्डेको अध्यक्षता तथा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सूचनाको हक कार्यान्वयनको लागि कार्यालयबाट सम्पन्न भएका कार्य […]