२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

कर्णाली मुख्यमन्त्री कँडेलद्वारा शपथ ग्रहण



सुर्खेत :  कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुखको कार्यालय परिसरमा आयोजित एक कार्यक्रमका वीच प्रदेश प्रमुख तिलक परियारसमक्ष नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम नवनियुक्त मुख्यमन्त्री कँडेलले पद तथा गोपनीयताको शपथ लिएका हुन ।

प्रदेश प्रमुख परियारले पद तथा गोपनीयताको शपथ खुवाएसँगै प्रदेशका विशिष्ट व्यक्तिहरुले नवनियुक्त मुख्यमन्त्री कँडेललाई बधाई तथा शुभकामना दिएका छन् ।

नेकपा एमाले कर्णाली प्रदेश सभा संसदीय दलका नेता समेत रहेका नवनियुक्त मुख्यमन्त्री कँडेलले नेकपा माओवादी, एकीकृत समाजवादीको समर्थनमा हिजो नियुक्त भएका थिए ।

प्रकाशित मिति : २०८० चैत २८ गते बुधबार
ताजा समाचार