कर्णाली मुख्यमन्त्री कँडेलद्वारा शपथ ग्रहण

सदरलाइन संवाददाता २८ चैत्र २०८०, बुधबार १९:१३
 

सुर्खेत :  कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुखको कार्यालय परिसरमा आयोजित एक कार्यक्रमका वीच प्रदेश प्रमुख तिलक परियारसमक्ष नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम नवनियुक्त मुख्यमन्त्री कँडेलले पद तथा गोपनीयताको शपथ लिएका हुन ।


प्रदेश प्रमुख परियारले पद तथा गोपनीयताको शपथ खुवाएसँगै प्रदेशका विशिष्ट व्यक्तिहरुले नवनियुक्त मुख्यमन्त्री कँडेललाई बधाई तथा शुभकामना दिएका छन् ।

नेकपा एमाले कर्णाली प्रदेश सभा संसदीय दलका नेता समेत रहेका नवनियुक्त मुख्यमन्त्री कँडेलले नेकपा माओवादी, एकीकृत समाजवादीको समर्थनमा हिजो नियुक्त भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले अध्यक्ष ओली भन्छन : रोकिएका विकास निर्माणका काम फेरि अगाडि बढाइन्छ

२८ चैत्र २०८०, बुधबार १९:१३
ताप्लेजुङ :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रोकिएका विकास निर्माणका काम अगाडि फेरी बढाइने बताएका छन । बिहीबार नेकपा एमाले ताप्लेजुङको पार्टी कार्यालय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले हिजोका दिनमा विकास निर्माणका काम अघि नबढेको बताउँदै ती काम अब अगाडि बढाउने बताए । नयाँ सत्ता समीकरणले देशलाई […]

सम्बन्धित