२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

एमाले अध्यक्ष ओली भन्छन : रोकिएका विकास निर्माणका काम फेरि अगाडि बढाइन्छ



ताप्लेजुङ :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रोकिएका विकास निर्माणका काम अगाडि फेरी बढाइने बताएका छन ।

बिहीबार नेकपा एमाले ताप्लेजुङको पार्टी कार्यालय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले हिजोका दिनमा विकास निर्माणका काम अघि नबढेको बताउँदै ती काम अब अगाडि बढाउने बताए ।

नयाँ सत्ता समीकरणले देशलाई ओरालो लाग्नबाट रोक्ने ओलीको भनाई छ । अहिलेको सत्ता समीकरणमा नेकपा एमाले पनि भएकोले देशलाई ओरालो लाग्न नदिने उनले बताए ।

एमालेको प्रधानमन्त्री र एमालेको एकल सरकार हुँदा जस्तो काम गर्न नसकिए पनि अहिलेको सरकाले देशलाई बरबादीमा जानबाट रोक्ने ओलीको दावी थियो ।

‘अब देश ओरालो लाग्ने क्रम रोकियो । अब देश ओरालो लाग्दैन । हिजो हामीलाई सरकारबाट हटाउने जुन तिकडम भयो, षडयन्त्र भयो, जालझेल भयो, त्यो सबै कुरा यो देशलाई अगाडि बढ्न नदिने उद्देश्यका साथ भएको थियो, यो देशको राष्ट्रियतालाई कमजोर पार्ने उद्देश्यका साथ भएको थियो । त्यो रोकियो । अब देशमा राष्ट्रियतालाई बलियो बनाउँदै विकास र समृद्धिलाई गति दिइन्छ’ एमाले अध्यक्ष ओलीले भने ।

प्रकाशित मिति : २०८० चैत २९ गते बिहीबार
ताजा समाचार