२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

गण्डकीमा मन्त्रीमण्डल गठन,चुमान र मनाङे मन्त्री



कास्की :  गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले सानो  आकारको  मन्त्रीपरिषद्  गठन गरेका छन् ।

मुख्यमन्त्रीको पद तथा गोपनीयताका शपथ लिएसँगै मुख्यमन्त्री अधिकारीले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान र स्वतन्त्र सांसद दीपक मनाङेलाई मन्त्री बनाएका छन् ।

नव नियुक्त मन्त्रीहरुलाई मन्त्रालयको जिम्मेवारी भने दिएको छैन । मन्त्री चुमान र मनाङेले शपथ लिएका छन् । नेकपा एमाले संसदीय दलका नेता अधिकारीले आज बिहानमात्रै मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन ।काँग्रेसले भने सरकार गठनमा सभामुखलाई सहभागी गराएको भन्दै गठन प्रक्रिया असंवैधानिक भनेको छ ।

प्रकाशित मिति : २०८० चैत २५ गते आइतबार
ताजा समाचार