बस दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुग्यो

सदरलाइन संवाददाता २३ फाल्गुन २०८०, बुधबार १५:२७
 

नेपालगञ्ज : धादिङको गजुरी गाउँपालिका ५ घाटबेंसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात जना पुगेको छ ।

रुपन्देहीबाट काठमाडौंतर्फ जाँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वीराजमार्गको गजुरीस्थित घाटबेँसीबाट बुधवार बिहान त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा एक जना महिलासहित सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिए । मृतकको सनाखत हुन बाँकी छ ।


दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएको भन्दै उनले घाइतेको उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि अधिकांशलाई थप उपचारका लागि काठमाडौं पठाइएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके कारागारमा कैदीबन्दीको सुरक्षा चिन्ता

२३ फाल्गुन २०८०, बुधबार १५:२७
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका–१० स्थित नेपालगञ्ज कारागारमा क्षमताभन्दा तेब्बरभन्दा बढी कैदीबन्दी भएपछि उनीहरूको स्वास्थ्य तथा सुरक्षाको जोखिम बढेको छ । क्षमताभन्दा अत्यधिक सङ्ख्यामा कैदीबन्दी हुँदा उनीहरूको स्वास्थ्यमा समस्या देखिन थालेको कारागारका प्रमुख जेलर अर्जुनजङ्ग शाहले बताए । “कैदीबन्दीलाई शौचालय जान पनि समस्या हुने गरेको छ”, उनले भने, “अत्यधिक भीडका कारण […]