२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

बस दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुग्यो



नेपालगञ्ज : धादिङको गजुरी गाउँपालिका ५ घाटबेंसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात जना पुगेको छ ।

रुपन्देहीबाट काठमाडौंतर्फ जाँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वीराजमार्गको गजुरीस्थित घाटबेँसीबाट बुधवार बिहान त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा एक जना महिलासहित सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिए । मृतकको सनाखत हुन बाँकी छ ।

दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएको भन्दै उनले घाइतेको उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि अधिकांशलाई थप उपचारका लागि काठमाडौं पठाइएको बताए ।

प्रकाशित मिति : २०८० फागुन २३ गते बुधबार
ताजा समाचार