२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

उद्योग मैत्री बाताबरण बनाउदै सरकार



 

नेपालगञ्ज  : उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बर्तमान सरकार चुनौतीको चाँगैचाग रहेको अवस्थामा गठन भएको बताएका छन ।

उनले उद्योग व्यवसाय धरासयी हुन नदिन निजी क्षेत्रलाई प्रोत्साहन गर्दै लगानीमैत्री वातावरण बनाउन सरकार लागि परेको बताए । डल्फिन गु्रपको १४औं वार्षिकोत्सवमा नेपालगञ्जमा उद्घाटन गर्दै मन्त्री भण्डारीले सो कुरा बताएका हुन ।

उनले नेपाली उद्योगीलाई आशा, भरोसा, विश्वास नदिलाएसम्म नेपालको अर्थतन्त्र बलियो नहुने भएकाले लगानीमैत्री वातावरण बनाउन सरकार लागि परेको बताए ।

उनले बैकको ऋणलिएर सञ्चालन भएका उद्योगहरु बैंकको चर्को व्याजको कारण धारासायी हुने अवस्थामा पुगेको भन्दै सरकारले यी यावत समस्याको समाधान गर्दै लगानीमैत्री वातावरण बनाउन फास्ट ट्र्याकबाट कानूनहरु निर्माण गरिने बताए ।

मन्त्री भण्डारीले पछिल्लो समय जनतामा रहेको चरम निराशालाई आशा बदल्न सकेन भने सरकारले गति लिन नसक्ने बताउदै जनआक्रोशलाई आशामा बदल्न सरकारलाई चुनौती रहेको र त्यसो गर्न नसके सरकार छोडनु पर्ने बताए ।

मन्त्री भण्डारीले अहिलेको गठबन्धन समान विचार र अग्रगमनको रहेकाले जनमुखी कामहरु हुने विश्वास दिलाए । डल्फिन ग्रूपका अध्यक्ष सूर्यबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा ग्रूपका सञ्चालक तीर्थबहादुर थापाले आफूहरुले नेपालगञ्जलाई केन्द्र विन्दुमा राखेर उद्योगहरु सञ्चालन गरिरहेको बताए । गु्रपले दानालगायत उत्पादन गर्ने गर्दछ ।

सोही अवसरमा नेपालगञ्ज उद्योग बाणिज्य संघले उद्योग मैत्री बाताबरण निर्माणका लागि दर्जनबढी मागसहितको ज्ञापन पत्र बुझाएको छ । संघका अध्यक्ष टंक धामी, महासचिव भिमबहादुर रानाभाट लगायतको समुहको टिमले सो ज्ञापन पत्र बुझाएको हो ।

 

प्रकाशित मिति : २०८० चैत २ गते शुक्रबार
ताजा समाचार