२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

बाँकेको पुरैनीमा रक्तदानमा ३७ पिन्ट रगत संकलन



नेपालगञ्ज : रगतको अभाव नहोस् भन्ने उद्देश्यले बाँकेको पुरैनीमा रक्तदान गरिएको छ । ‘रक्तदान जीवनदान’ भन्ने मूल नाराका साथ एकता युवा क्लब बाँकेको आयोजना, नेपालगञ्ज उप–महानगरपालिका वडा नं. २२ वडा कार्यालय पुरैनी, द रोयल फिटनेश जोन, शर्मिला अल्मुनियम सप्लायर्स र एस. के. डेरी उद्योगको सह–आयोजनमा शनिवार पुरैनीमा ३७ जनाले रक्तदान गरेका हुन् ।

नेपालगञ्ज उप–महानगरपालिका वडा नं. २२ पुरैनीमा रहेको एकता युवा क्लबको परिसरमा आयोजित रक्तदान कार्यक्रममा शर्मिला अल्मुनियम सप्लायर्सका बसन्त बोहरा, पंकज भुषाल, अशोक गुरुङ्ग, धनराज वर्मा, एकता युवा क्लबका अध्यक्ष राजेश कुमार यादवले संयुक्तरुपमा रगत संकलन गर्ने पाकेट प्राविधिक होमराज गिरीलाई हस्तान्तरण गरी कार्यक्रमको उदघाघटन गरेका थिए ।

कार्यक्रममा एकता युवा क्लबका अध्यक्ष राजेश कुमार यादव, रबिन चौधरी, शर्मिला अल्मुनियम सप्लायर्सका बसन्त बोहरा, प्रादेशिक रक्त सञ्चार केन्द्रका प्राविधिक होमराज गिरी, अशोक सिंह गुरुङ्ग, पंकज भुषाल, सरोज कुमार मिश्र, अनिल चौधरी, सन्नी साहनी, सुरेस गोडिया, मुकेश यादव, सतिश सिंह, बिकास थारु, राजेश थारु, धर्मराज थारु, योगेश चौधरी, बिजय रोका, किरन ओली, सुबोज सिंह, बिनोद कुमार यादव, रामु साहू, रोहित राणा, गौरव घर्तीमगर, रमेश साहू, पञ्चम कुम्हार, फागुलाल राँढ, गगन राणा, सुरेन्द्र कुमार गोडिया, मनोज कुमार मिश्र, ओमकार थाया, सुशान्त श्रेष्ठ, अमित मल्ल, अरुण साहू, होमराज गिरी, रोहित साहू, मंगल जिएस, रबि गोडिया, प्रकाश खडका लगायत ३७ जनाले रक्तदान गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार केन्द्रका प्राविधिक होमराज गिरी, सुनील रत्गैया, प्रशान्त तिवारी, केशर सिंह डाँगी लगायतले प्राविधिकमा सहयोग गरेका थिए ।

प्रकाशित मिति : २०८० फागुन १९ गते शनिबार
ताजा समाचार