२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

विद्यार्थीहरुद्धारा कोहलपुरमा सडक अवरुद्ध



कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा एक घण्टा सडक जाम गर्दै सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

सरकारी छानबीन समितिले भौतिक पुर्वाधार मन्त्रीकै त्रुटिका कारण काठमाण्डौमा २ जना विद्यार्थीको ज्यान जाने गरी घटना भएको निश्कर्ष निकालिए पनि भौतिक योजना तथा पुर्वाधार मन्त्री प्रकाश ज्वालालाई कारबाही गर्न खुट्टा कमाएको भन्दै कारबाहीको मागसहित बागेश्वरी बहुमुखि क्याम्पसका विद्यार्थीहरुको आव्हानमा विभिन्न नारा लगाउँदै सडक जाम गरिएको थियो ।

ज्वालालाई यथाशीघ्र सरकारबाट हटाउन र कारबाहीको माग गर्दै विद्यार्थीहरु सडकमा आएपछि कोहलपुर नेपालगञ्ज सडक खण्ड भएर गुड्ने गाडीहरु १ घण्टा प्रभावित भएका थिए ।

स्वतन्त्र विद्यार्थी युनियन बागेश्वरी बहुमुखी क्याम्पसका अध्यक्ष देबेन्द्र बहादुर बुढाको नेतृत्वमा सडकमा आएका विद्यार्थीले मन्त्री ज्वालाका विरुद्ध चर्का नाराबाजी समेत गरेका थिए ।

प्रकाशित मिति : २०८० फागुन १० गते बिहीबार
ताजा समाचार