२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

नेपालगञ्ज उपमहानगरको सेवा बन्द



नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाको अत्यावश्यक बाहेकको सेवा आइतवार बन्द गरिएको छ । उपमहानगरपालिकामा कार्यरत एक कर्मचारीको निधन भएको हुँदा आइतवार अत्यावश्यक बाहेकको सेवा बन्द गरिएको हो ।

उपमहानगरपालिकाले आइतवार विहान एक सूचना जारी गर्दै सरसफाई शाखामा कार्यरत कुचिकार अनुप वाल्मिकीको असामयिक निधनप्रति समबेदना प्रकट गर्दै २३ वटै वडा कार्यालयबाट प्रदान गरिने सेवा एक दिनका लागि बन्द गरिएको जनाएको छ । उपचाररत वाल्मिकीको शनिवार निधन भएको थियो ।

प्रकाशित मिति : २०८० फागुन ६ गते आइतबार
ताजा समाचार