२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

माइक्रोबसको ठक्करबाट बाँकेमा प्रहरी जवानको मृत्यु



नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका–१८ स्थित माइक्रोबसको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ ।

नेपालगञ्ज सडकमा भे.१ ख १६९७ नम्बरको माइक्रोबसले लु.१ ब २९३६ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिएको थियो ।

उक्त ठक्करबाट मोटरसाइकलमा सवार बर्दिया मधुवन नगरपालिका–८ घर भई जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत प्रहरी जवान विकास डाँगीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । माईक्रोबस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०८० माघ १५ गते सोमबार
ताजा समाचार