२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

जमुनाहाबाट लागूऔषधसहित २ जना पक्राउ



नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाहाबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय मिलिग्रामसहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका–१३ बस्ने २८ वर्षीय बिकल्प पुन मगर र २२ वर्षीय सुरेश नाथ योगी रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्ज र ईलाका प्रहरी कार्यालय जमुनाहाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

उक्त सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० माघ १४ गते आइतबार
ताजा समाचार