२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक मिश्र सम्मानित



नेपालगञ्ज : महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्ज तथा ब्राईटल्याण्ड कलेजका व्यवस्थापन बिषयको प्राध्यापक सुभाष चन्द्र मिश्र सम्मानित भएका छन् ।

नेपाल राष्ट्रिय प्रध्यापक संगठन लुम्बिनी प्रदेशको प्रदेश सदस्य समेत रहेका उनलाई मधेश मानव अधिकार गृह (माहुरी होम) बाँकेका अध्यक्ष दिनेश ठाकुरले नेपाली टोपी र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

प्राध्यापक मिश्र विभिन्न सामाजिक सेवामा सहयोग गर्दै आएका छन् । यसका लागि उनलाई विशेष आभार तथा धन्यवाद पनि प्रकट गरिएको छ ।

प्रकाशित मिति : २०८० माघ ८ गते सोमबार
ताजा समाचार