२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

भारतमा नेपाल–भारत र बंगलादेशका पत्रकारलाई अन्तराष्ट्रिय सम्मान



भारत, (वैशाली) : भारतको बिहार राज्यको वैशाली शहर स्थापनाको स्वर्णजयन्ती समारोहमा नेपाल, भारत र बंगलादेशका पत्रकारहरुलाई सम्मान गरिएको छ । उनीहरुलाई पत्रकारिताको माध्यामबाट समाजमा लोकतन्त्र र मानवअधिकारको क्षेत्रमा खेलेको भूमिकाको मुल्याङ्कन गरी सम्मान गरिएको हो ।

वैशाली जिल्ला प्रतिष्ठानले सार्क पत्रकार मञ्च, बिहार, इन्डिया च्याप्टरको संयुक्त आयोजनामा मानवअधिकार टुडे र आम्रपाली कला साहित्य सम्मेलन वैशालीको संयुक्त आयोजनामा भएको कार्यक्रममा उनीहरु सम्मानित भएका हुन ।

विश्वमा प्रजातन्त्रको जननीका रूपमा स्थापित वैशाली जिल्लाको स्वर्ण जयन्ती वर्षको समापन समारोहको अवसरमा गत शनिबार युद्ध, शान्ति र मानवअधिकार विषयमा छलफल तथा अभिनन्दन कार्यक्रमको आयोजना गरिएको थियो ।

समारोहको उद्घाटन अन्तर्राष्ट्रिय लोक संस्कृति मौरिससकी संयोजक डा. सरिता बुधु, बिहार हिन्दी साहित्य सम्मेलन, पटनाका अध्यक्ष डा. अनिल सुलभ, दूरदर्शन केन्द्र, पटनाका कार्यक्रम प्रमुख डा. राजकुमार नाहर, मानव अधिकार संयोजक डा. शशी भूषण कुमार, प्रख्यात साहित्यकार डा. उषा वर्मा, सार्क पत्रकार मञ्चका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामा र महासचिव मोहम्मद अब्दुर रहमानले संयुक्त रुपमा दीप प्रज्वलन गरि गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै डा. सरिता बुधुले अहिंसाबाट मात्रै लोकतन्त्र र शान्ति स्थापना हुने करामा जोड दिईन । कार्यक्रमलाई सम्बोधन गर्दै सार्क पत्रकार मञ्चका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामाले शान्तिको विकल्पका रूपमा विश्वमा मानवअधिकारको प्रत्याभूति असम्भव रहेको कुरामा जोड दिए । उनले बुद्ध र महावीरको मार्गमा हिँड्नु वर्तमान विश्वको आवश्यकता रहेको बताउँदै सार्क पत्रकार मञ्च यही एजेण्डामा अडिग रहेको औल्याए ।

कार्यक्रमका अध्यक्ष डा. अनिल सुलभले द्वन्द्वकालमा मानवअधिकार उल्लङ्घन हुने गरेको बताए । अहिलेको अवस्था विश्वका लागि राम्रो होइन । यसै गरी स्वागत गर्दै सार्क पत्रकार मञ्च बिहारका अध्यक्ष डा शशिभूषण कुमारले लोकतान्त्रिक सशक्तिकरणका लागि मानवअधिकारको संरक्षण नितान्त आवश्यक रहेको बताए ।

कार्यक्रममा पद्मश्री डा. जितेन्द्र कुमार, पद्मश्री राजकुमारी देवी उर्फ किसान चाची, सार्क जर्नालिस्ट फोरमका महासचिव मो. अब्दुर रहमानभारत च्याप्टरका अध्यक्ष डा. अनिरुद्र सुधांशुलगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : २०८० पुस २५ गते बुधबार
ताजा समाचार