२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

सांसद राणा र नेपालगञ्जका मेयर, उपमेयरबीच भेटघाट



नेपालगञ्ज : बाँके क्षेत्र नम्बर दुईका प्रतिनिधिसभा सांसद डा धवल शमशेर राणा र नेपालगञ्जका मेयर प्रशान्त बिष्ट, उपमेयर कमरुद्दिन राईबीच मंगलबार भेटघाट भएको छ ।

दुईपटकका नेपालगञ्जका मेयर रहिसकेका सांसद राणा यहाँको विकास निर्माणका बारेमा चर्चा गर्न मेयर र उपमेयरको कार्यकक्षमा पुगेका थिए ।

सांसद राणाले यहाँको विकास र त्यसका लागि आवश्यक समन्वय गर्न तयार रहेको बताए । भेटघाटमा अदालत अगाडिको रुख कटान, बागेश्वरी मन्दिरको विकास लगायतका बिषयमा चर्चा भएको राणाका स्वकीय सचिव विकास गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २०८० मंसिर २६ गते मंगलबार
ताजा समाचार