२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

एमाले अध्यक्ष ओलीलाई माओवादी उपमहासचिव शर्माको स्वागत



जाजरकोट (रिम्ना) :  नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पुर्वअर्थमन्त्री नेता जर्नादन शर्मा (प्रभाकर) ले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई जाजरकोट जिल्लाको रिम्नामा स्वागत गरेका छन् ।

बैतडी जिल्लाको झुलाघाटबाट मंसिर १४ गते शुरु भएको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’का क्रममा भुकम्प प्रभावित क्षेत्रका नागरिकसँग छलफलका लागि जाजरकोट पुगेका एमाले अध्यक्ष ओलीलाई पुर्वअर्थमन्त्री समेत रहेका माओवादी नेता शर्मा रिम्ना पुगेर स्वागत गरेका हुन ।

ओली नेतृत्वको केन्द्रीय नेताहरुको टोलील आपm्नो क्षेत्रमा पुगेपछि उनीहरुलाई स्वागत गर्न आफू आएको नेता शर्माले बताए ।
‘देशको शिर्षस्थ नेतृत्व जिल्लामा आएको बेला म हार्दिकताका साथ स्वागत गर्न आएको हुँ नेता शर्माले भने, ‘देशको ठूलो पार्टीका केन्द्रीय हेडक्वाटर नैं यहाँ पुग्नु भएपछि म साथीहरुसहित स्वागत गर्न आएको हुँ ।’

उनी एमाले अध्यक्ष ओलीको टोलीलाई स्वागत गर्न लामबद्ध भएर उभिएका थिए । लामो समयसम्म पूनर निर्माणमा खटिएका एमालेका स्वयमसेवकहरुसंगै उनी बसेर अध्यक्ष ओलीको टोलीलाई पर्खेका थिए ।

अध्यक्षा ओली नेतृत्व एमालेका नेताहरुलाई स्वागत गर्न नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सांसद राजिवविक्रम शाह, आठविसकोट नगरपालिकाका मेयर रवि केसी, चौरजहारी नगरपालिकाका मेयर पुष्प वादी, सानीेभेरी गाउँपालिकाका अध्यक्ष वृर्षबहादुर विष्ट (केदार) सहितका अन्य पार्टीका नेता र जनप्रतिनिधिहरु स्वागतमा जुटेका थिए ।

  

प्रकाशित मिति : २०८० मंसिर १९ गते मंगलबार
ताजा समाचार