घाइतेको उद्धार र राहतमा कञ्जुस्याई नगरौं : अध्यक्ष थापा

सदरलाइन संवाददाता १८ कार्तिक २०८०, शनिबार १४:०८
 

नेपालगञ्ज : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले भुकम्पपीडितको उद्धार र उपचारमा कुनै पनि कसर बाँकी नराखेर काम गर्न सरकारसँग आग्रह गरेक छन् ।

शनिवार राप्रपा नेपाल बाँकेद्वारा नेपालगञ्जमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष थापाले यस्तो आग्रह गरेका हुन् । राज्यले आफ्नो सम्पुर्ण शक्ति भुकम्पपीडितको उद्धार, उपचार र राहात वितरणमा लगाउनु पर्ने उनको आग्रह छ ।


उनले प्रधानमन्त्री तत्काल घटनास्थल पुग्नु सकारात्मक काम भएको जनाउँदै पहिलो कर्तव्य पीडितको उद्धार र उपचार रहेको बताए । शनिवार नेपालगञ्जमा आयोजना गरिएको विरोधसभाको कार्यक्रमलाई परिमार्जित गरी शोकसभामा परिणत गरिएको जनाउँदै पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष थापाले भुकम्पपीडिको उद्धार, उपचार र राहत वितरणमा कुनै प्रकारको लापरवाही हुन नदिन सरकार र सञ्चार माध्यम चनाखो हुनुपर्नेमा जोड दिए ।

उनले जाजरकोट र रुकुम पश्चिम लगायत सो वरिपरिका जिल्लाका राप्रपा नेपालका नेता कार्यकर्ताहरुलाई उद्धारमा खटिन निर्देशन दिइसकिएको जनाउँदै पार्टीले पनि आफ्नो हैसियतअनुसार पीडितलाई सहयोग गर्ने जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भुकम्प पीडितका लागि खाद्यान्न सहयोग

१८ कार्तिक २०८०, शनिबार १४:०८
नेपालगञ्ज : शुक्रबार राती जाजरकोटलाई मुख्य केन्द्र बिन्दु बनाई जाजरकोट र पश्चिम रुकुममा आएको भुकम्प पीडितहरुका लागि नेपालगञ्जबाट खाद्यान्न सहयोग गर्दै जिल्ला प्रशासन कार्यालयलाई हस्तान्तरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकामा ६ मा रहेको ग्रीन सिटि नेपालगञ्जले ७७ हजार बराबरको खाद्यान्न सामग्री उपलब्ध गराएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारीलाई खाद्यान्न […]