पूर्वमन्त्री राईको पहलमा भेरीलाई भेन्टिलेटर सहयोग

सदरलाइन संवाददाता ३ बैशाख २०७८, शुक्रबार १४:०२
 

नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जमा भेन्टिलेटरको अभाव भईरहेका बेला कोरोना संक्रमितको उपचारका लागि दुईवट भेन्टिलेटर उपलब्ध गराइएको छ । बाँके क्षेत्र नं. २ वाट निर्वाचित संघीय सांसद तथा पूर्वमन्त्री मोहम्मद इस्तियाक राइले भेन्टिलेटर उपलब्ध गराएका हुन् ।


संसदीय विकास कोषबाट दिएको ४३ लाखबाट दुईवटा भेन्टिलेटर खरिद गरी भेरीमा ल्याइने भएको छ । कठिन समयमा दुईवटा भेन्टिलेटर ठूलो उपलब्धी हुने अस्पताल प्रशासनले जनाएको छ ।

Next Post

भारतबाट आएका जमुनाहा नाकामा १५ जनामा कोरोना पुष्टि

३ बैशाख २०७८, शुक्रबार १४:०२
नेपालगञ्ज : भारतसँग जोडिएको सीमानाका जमुनाहा हुँदै नेपाल प्रवेश गरेका विभिन्न जिल्लाका १५ जना नेपालीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतका विभिन्न राज्यका सहरमा रोजगारीका शिलशिलामा पुगेका र त्यहाँ दोश्रो चरणको कोभिड–१९ तिब्र गतिमा बढेपछि नेपाल फर्केका उनिहरुमा कोरोना पुष्टि भएको हो । भारतमा तिब्र गतिमा कोरोना संक्रमण बढेपछि […]