बालविवाह न्युनिकरणका लागि सरोकारवाला तथा धार्मिक गुरुसंग बहस

१८ फाल्गुन २०७६, आईतवार १८:४२
 

सदरलाइन/ लक्ष्मी तिमिल्सेना,
नेपालगञ्ज  : बालविवाह न्युनिकरण तथा नियन्त्रण समाजमा चुनौती बन्दै गएपछि बाँकेको नेपालगञ्जमा सोमबार सरोकारवाला तथा धार्मिक गुरुहरुसंग रेडियो बहस गरिएको छ ।
सो बहसमा बोल्दै ५ नं प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले धर्म पालना गर्नका लागि गरिने बालविवाह गलत भएको बताउद बाँकेमा अहिले पनि बालविवाहको डरलाग्दो अवस्था रहेको उल्लेख गरे । बाँके मात्र नभएर समग्र प्रदेशको अबस्था पनि चिन्ताजनक रहेको बताए ।
५ नं प्रदेशमा सुरक्षित गर्भपतन गर्नेको संङख्या पनि अधिकांश २० बर्ष मुनि कै रहेको उनले जानकारी दिदै यस्ता खालको तथ्याङकले बालविवाहको समस्या जटिल रहेको प्रमाणित गर्ने भन्दै उनले यो समस्या समाधान कुनै एक बाटोबाट मात्रै समाधान नहुने दावि गरे ।
यसका लागि सरोकारवाला सवैले आ–आफ्नो तर्फबाट पहल र पैरवि गर्न जरुरी रहेको उल्लेख गरे ।
समाजमा धर्मका नाममा हुने विभिन्न खाले विकृती, कुप्रथा हटाई बालविवाह मुक्त समाजको निर्माणमा नितिगत हिसाबले आफ्नो सदैव सहयोग र समर्थन रहने ५ नं प्रदेशका सांसद कृष्णा केसी नमुनाले प्रतिबद्वता जाहेर गरिन् ।
नेपालगञ्ज उप–महानगरपालिकाका नगर उपप्रमुख उमा मगरले नगरमा बालबिवाह मधेसी र मुस्लिम समुदायमा अत्यधिक हुने गरेको बताउदै न्युनिकरण र नियन्त्रणका लागि समाजका सबै पक्ष जागरुक हुनुपर्ने बताईन् ।
उमेर नपुगी भएको बिवाह दर्ता तथा सिफारिस नगर्न जनप्रतिनिधिको भूमिका हुनुका साथै सामाजिक जनचेतना जगाउने कार्यसमेत जनप्रतिनिधिले गर्ने गरेको जानकारी दिईन् ।
गरिबी, अशिक्षा र जनचेतनाको कमिले समाजमा बालविवाह हुने गरेको बताउदै पछिल्लो समय बालविवाह गर्न हुदैन भन्ने जान्दा जान्दै पनि अटेरी गर्नेहरुको कमी नभएको सुचना तथा मानव अधिकार विकास केन्द्रका उपाध्यक्ष कृष्ण मुरारी भट्टले दावि गरे ।
सामुदायिक रेडियो प्रसारक संघले गरेको सो छलफलमा बोल्दै हिन्दु धर्मका धर्म गुरु तथा बागेश्वरी मन्दिरका मुल महन्त चन्दननाथ योगीले धर्मका नाममा बालविबाह सरासर कानुनको बर्खिलाप भएको उल्लेख गरे ।
साथै उनले आध्यात्मिकता तथा मानविय संवेदनशिलतालाई ध्यानमा राखी बिभिन्न चर्च, गुम्बा, मस्जिद, मन्दीरमा हुने बाल बिवाह न्युनिकरणमा धार्मिक गुरुहरुले सकरात्मक भुमिका खेल्नुपर्ने बताए ।
सोहि कार्यक्रममा बोल्दै मुस्लिम धर्मका धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीले हरेक धार्मिक क्रियाकलापमा धार्मिक गुरुहरुको भूमिका महत्वपुर्ण हुने भएकोले बालविवाहको न्युनिकरणमा पनि धार्मिकगुरुहरुको भूमिका महत्वपुर्ण हुने उल्लेख गरे ।
उनले बिवाह गर्न आउदा उमेर पुगेको बिवाह हो की होईन भन्ने तर्फ चासो दिने र बाल विवाहको असरले शारीरिक तथा मानसिक असर गर्नुका साथै महिला हिंसा हुने बारेमा बुझाउन आवश्यक रहेको बताए ।
बहसमा सहभागि सम्पुर्णले बालविवाह न्युनिकरणमा एकजुट हुने प्रतिबद्धता जनाए ।  बाल विवबह न्युनिकरणका लागि गरिएको सो बहसलाई सामुदायिक सुचना नेटवर्कका प्रमुख दिपक आचार्यले सहजिकरण गरेका थिए ।

Next Post

नक्शापास अनिबार्यको नीति कडाईका साथ लागू गर्दै उपमहानगर

१८ फाल्गुन २०७६, आईतवार १८:४२
सदरलाइनडटकम, नेपालगञ्ज :  भुकम्प प्रतिरोधात्मक भवन निर्माणको लागि प्रोत्साहन गर्दै नेपालगञ्ज उप–महानगरपालिकाले आफ्नो क्षेत्राधिकार भित्र संरचना निर्माण गर्दा अनिवार्य नक्शापास गर्नुपर्ने प्रावधान कडाईका साथ लागू गर्ने भएको छ । पुरानो शहरको रुपमा परिचित नेपालगन्ज अव्यवस्थित र असुरक्षित भएको गुनासो आई रहेको बेलामा भवन संहित अनुसार भुकम्प प्रतिरोधात्मक सुरक्षा सहितको भवन […]