विपन्न महिलालाई तीन महिने सिलाई कटाई तालिम

२० मंसिर २०७५, बिहीबार १८:२२
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिका भित्रपर्ने रनियापुर र सोनपुरका मधेशी, मुस्लिम तथा विपन्न महिलाहरुलाई लक्षित गरी सञ्चालन गरिएको ३ महिने आधारभूत सिलाई कटाई तालिम सम्पन्न भएको छ ।
जनजागरण समाज बाँकेले विकास कोष नर्वेको आर्थिक सहयोगमा सञ्चालन गर्दै आएको दिगो जिविकोपार्जन सुधारका लागि स्थानीय अग्रसरता कार्यक्रम अन्तर्गत तालिम संचालन गरेको जनजागरण समाजका कार्यकारी ब्यवस्थापक रामबहादुर पुनले जानकारी दिए ।
तालिम समापनका अवसरमा प्रशिक्षार्थीले तालिममा सिकेको सीपलाई ल्यावसायमा उतार्नको लागि सिलाई कटाईका लागि चाहिने मेसिन लगायत सम्पूर्ण सामाग्री पनि उनीहरुलाई हस्तान्तरण गरिएको थियो ।
सिप विकास गरि स्थानीयस्तरमै स्वरोजगार बनाउने उद्देश्य अनुरुप तालिम सञ्चालन गरिएको समाजका अध्यक्ष नसिरुल निशाले जानकारी दिईन । तालिमको समापन कार्यक्रममा खजुरा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बमबहादुर केसी, वडा अध्यक्ष लगायतले तालिममा सिकेको सिपलाई व्यवसायमा उर्तान सुझाव दिएका थिए ।

Next Post

नरैनापुरमा बैंकमार्फत् सामाजिक सुरक्षा भत्ता वितरण

२० मंसिर २०७५, बिहीबार १८:२२
सदरलाइनडटकम, नरैनापुर (बाँके) : बाँकेको विकट मानिने नरैनापुर गाउँपालिकामा बैंकमार्फत् सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरिएको छ । गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले वडा नम्बर १ का ८६ बर्षीय अस्ताफा खाँलाई बिहीवार चेक हस्तान्तरण गरी बैंकमार्फत् सामाजिक सुरक्षा भत्ता वितरणको उद्घाटन गरे । नरैनापुरस्थित सनराइज बैंक लिमिटेडमार्फत् भत्ता वितरण शुरु गरिएको […]