सदरलाइनडटकम,
नेपालगञ्ज : भेरी अस्पताल नेपालञ्जमा गरिएको परीक्षणमा थप १० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । अस्पतालले मंगलवार दिउँसो जारी गरेको सूचनाअनुसार बाँकेमा १ र बर्दियाका ९ जनामा कोरोना संक्रमण देखिएको हो ।
बाँकेको कोहलपुर २ का १९ वर्षीय पुरुष, बर्दियाको मधुबन वडा नं. २, ६ र ७ का २८, १९ र ३६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।
यस्तै बर्दिया राजापुर वडा नं. १ का ३५ वर्षका पुरुषमा संक्रमण देखिएको छ भने बढैयाताल वडा नं. २ का १८, ३०, २४ र २० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।
यसैगरी ठाकुरबाबा वडा नं. २ का २० वर्षीय पुरुषमा संक्रमण भेटिएको भेरी अस्पतालले जारी गरेको सूचनामा उल्लेख छ ।

