विद्यालयस्तरिय तथा जिल्लास्तरिय प्रतिभा पहिचान कार्यक्रम सम्पन्न

४ बैशाख २०७५, मंगलवार २०:५६
 

सदरलाइनडटकम
४ बैशाख, नेपालगन्ज : शिक्षा विकास तथा समन्वय ईकाई बाँकेको आयोजनामा विद्यालय स्तरिय तथा जिल्ला स्तरिय प्रतिभा पहिचान कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ ।
नेपालगन्जको जयबागेश्वरी माविमा आयोजना गरिएको सो कार्यक्रममा माध्यामिक तहमा अध्ययनरत विद्यार्थीहरुका बीचमा भाषा साहित्य, गणित, विज्ञान, सृजनात्मक अभिव्यक्ति शिलकला (नृत्य, गायन) र विविध जस्ता विद्यामा लुकेर बसेको प्रतिभाको पहिचान गरी बाहिर ल्याउनको लागि सो प्रतियोगिता आयोजना गरिएको हो ।
जिल्ला शिक्षा कार्यालय बाँकेका उपसचिव गोर्खबहादुर थापाको अध्यक्षता तथा विद्यालय निरिक्षक खगेन्द्रबहादुर मल्लको सहजिकरणमा सम्पन्न सो कार्यक्रममा जयबागेश्वरी मावि नेपागन्जका शौरभ गुप्ताले गणितमा र सुनिता गुरुङ्गले विविधमा, युनाईटेड एजुकेशनल नेपालगन्जका प्रशान्त बरालले विज्ञान, झरना सुनारले नृत्यमा र भाषा साहित्यको निबन्धमा ज्ञानोदय मावि खजुराका गौरव सापकोटाले उत्कृष्ठ स्थान हासिल गरेका छन् ।
उत्कृष्ठ स्थान हासिल गर्ने सर्बैलाई ३–३ हजार नगद र प्रमाणपत्र वितरण गरिएको विद्यालय निरिक्षक मल्लले जानकारी दिए । सो कार्यक्रमको मूल्याङ्ककनकर्तामा बामदेव सुवेदी, दिलिप श्रीबास्तब, नुतन पौडेल, पूर्णिमा पौडेल, जितबहादुर थापा, कमल खनाल र केबी शाही रहेका थिए ।
राष्ट्रिय स्तरमा प्रतिभा खोजिगर्ने क्रममा हरेक वर्ष माथिका पाँच विद्यामा जिल्ला, क्षेत्र र राष्ट्रियस्तरमा यस्ता कार्यक्रम आयोजना गर्दै आएकोमा बुधबार पनि जयबागेश्वरी मावि नेपालगन्जमा नै क्षेत्रीय स्तरको कार्यक्रम आयोजना गरिने र सो कार्यक्रममा मध्यपश्चिमका १५ वटै जिल्लाका उत्कृष्ठ प्रतिभावान विद्यार्थी सहभागि हुने आयोजकले जानकारी दिएको छ ।


  

Next Post

जिल्ला समन्वय समितिको वेभसाईड अपडेट भएन

४ बैशाख २०७५, मंगलवार २०:५६
सदरलाइनडटकम ५ बैशाख, नेपालगन्ज  :  संधै ‘अपडेट’ भइरहने जिल्ला विकास समिति बा“केको ‘वयभ साईड’ जिल्ला समन्वय समितिमा परिणत भएपछि भने ‘अपडेट’ हुन छाडेको छ । जिल्ला समन्वय समितिको संयोजक र स्थानीय समन्वय अधिकारी परिवर्तन भएको महिनौं भइसक्दा उक्त ‘वयभ साईड’मा उनीहरुको तस्बिर छैन । जिल्ला विकास समितिका रुपमा रहंदा उक्त कार्यालय […]