२०८३ असोज ३० , शुक्रबार
Sadarline
२०८३ असोज ३० , शुक्रबार

बाँकेको नेपालगञ्जमा अनिश्चित कालिन कर्फु जारी



नेपालगञ्ज  : बाँकेको नेपालगञ्जमा अनिश्चित कालिन कर्फु जारी भएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यद्वारा जारी कर्फु आदेशमा पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको ईन्द्रपुर जानेबाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाह नाका भित्रको क्षेत्रलाई स्थानीय प्रशासन ऐन २०२० को दफा ६ (क) (१) (३) बमोजिम २०८० असोज १६ गते दिउसो १ बजेदेखि लागू हुने गरिए अनिश्चित कालिन कर्फु आदेश जारी गरिएको हो ।

मंगलबार दिउसो हिन्दू ओमकार समाजको आयोजनामा गरिएको प्रदर्शनमा नेपालगञ्ज उपमहानगर बिपिचोक नजिकै सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुढा प्रहार, उछृंखल गतिविधि प्रदर्शन भएपछि स्थिति नियन्त्रणका लागि कर्फुआदेश जारी गरिएको हो ।

हिन्दू ओमकार समाजको आयोजनामा नेपालगञ्जको बागेश्वरी मन्दीरमा जम्मा भएर जयश्रीराम झण्डा लिएर न्यूरोड, सेतुविकचोक, हुदै सुर्खेतरोड। बिपिचोकबाट त्रिभुवनचोक जाने क्रममा अनियन्त्रित भई सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुढा प्रहार, उछृंखल गतिविधि सुरुभएपछि स्थानीय प्रशासनले कफ्र्पुआदेश जारी गरेको हो ।

प्रकाशित मिति : २०८० असोज १६ गते मंगलबार
ताजा समाचार