२०८३ कात्तिक १ , शनिबार
Sadarline
२०८३ कात्तिक १ , शनिबार

माओवादीबाट निर्वाचित जनप्रतिनिधी जनश्रमदानमा खटिए



खजुरा (बाँके) : सत्तारुढ माओवादीले देशब्यापीरुपमा घरघरमा माअ‍ेवादी जनजनमा माओवादी अभियान चलाईरहँदा बाँकेको खजुरा गाँउपालिकामा माओवादीको तर्फबाट निर्वाचित जनप्रतिनिधि जनश्रमदानमा जुटेका छन् ।

बाँकेको खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिक (तुफान) जनता संग माओवादी विशेष रूपान्तरण कार्यक्रमअन्तर्गत शनिबार दिनभरी जनश्रमदानमा जुटेका हुन् ।

जनतासंग माओवादी विशेष रूपान्तरण ३ महिने बिशेष अभियानअन्तर्गत नेकपा माओवादी केन्द्र खजुरा गाँउपालिक किमिटीले उक्त श्रमदान कार्यक्रम सञ्चालन गरेको हो । यस अवधिमा पालिकाका सबै वडाहरूमा श्रमदान अभियान सञ्चालन गरिने माओवादी खजुराले जनाएको छ ।

पालिका को वडा न. ४ मा पर्ने ई गाउँ चोकदेखि श्री किरण भवानी मन्दिरसम्मको बाटो मर्मत तथा श्रमदान कार्यक्रम गरिएको हो । नेकपा माओवादी केन्द्र खजुरा गाउँपालिका कमिटीले सञ्चालन गरेको उक्त कार्यक्रममा पालिका अध्यक्ष राजकुमार बिक, उपाध्यक्ष टंक पोख्रेल, वडा नं.४ अध्यक्ष टेक बहादुर क्षेत्री, वाईसिएल अध्यक्ष दिनेश बुढा मगरसहित माओवादीका कार्यकर्ता स्थानीयतहमा निर्वाचित जनप्रितिनिधि लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८० भदौ २३ गते शनिबार
ताजा समाचार