२०८३ कात्तिक १ , शनिबार
Sadarline
२०८३ कात्तिक १ , शनिबार

नेपाली सेनाद्वारा नरैनापुरमा वृक्षरोपण



नरैनापुर (बाँके) : नेपाली सेनाले नरैनापुरमा वृक्षरोपण गरेको छ । गाउँपालिका, सशस्त्र प्रहरी, नेपाल प्रहरीसँग समन्वय गरेर नेपाली सेनाको बज्रदल गण, इमामनगर ब्यारेक राँझाले वृक्षरोपण गरेको हो ।

नरैनापुर गाउँपालिकाको वडा नं. ४ मा रहेको रंगशाला र वडा नं. १ को आधारभूत विद्यालयमा वृक्षरोपण गरिएको छ ।

वृक्षरोपण कार्यक्रमको श्री नम्बर ४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी प्रकाश थापा र गाउँपालिकाका अध्यक्ष मो. इस्तियाक अहमद शाहले उदघाटन गरे ।

रंगशालाको छेउछाउमा गुलमोहरको बिरुवा लगाइएको छ । आधारभूत विद्यालयमा पनि गुलमोहर र अशोका लगाइएको छ । बज्रदल गणका गणपति प्रमुख सेनानी रविन श्रेष्ठका अनुसार रंगशालामा २ सय ४० वटा र विद्यालयमा एक सय २० वटा बिरुवा रोपिएको छ ।

प्रकाशित मिति : २०८० भदौ २२ गते शुक्रबार
ताजा समाचार