२०८३ असोज ३० , शुक्रबार
Sadarline
२०८३ असोज ३० , शुक्रबार

एमाले बागमती प्रदेश अध्यक्षमा ढुंगेल निर्वाचित



काठमाडौं  :  नेकपा एमाले बागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित भएका छन् । शुक्रबार (हिजो) भएको निर्वाचनमा अर्का प्रत्यासी कृष्णप्रसाद दाहाललाई २ सय ५७ मतले पछि पार्दै ढुंगेल अध्यक्षमा निर्वाचित भएका हुन ।

ढुङ्गेलले ६ सय ९६ मत प्राप्त गर्दा दाहालले ४ सय ३९ मत ल्याएका थिए । यसैगरी उपाध्यक्षमा दावा दोर्जे लामा विजयी भएका छन । सचिवमा नवराज सिलवाल एक मतले विजयी भए । सिलवालले ५ सय ६८ मत प्राप्त गर्दा अर्का प्रत्यासी हस्त पण्डितले ५ सय ६७ मत प्राप्त गरेका थिए ।

खुला उपसचिवमा प्रेमकुमार महर्जन र महिला उपसचिवमा भक्त कुमारी लामा विजयी भएका छन् । सहमतिमा प्रदेश नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि पार्टी कार्यालय च्यासलमा मतदान भएको थियो । मतदानमा १ हजार १ सय ३५ मत खसेको थियो ।

प्रकाशित मिति : २०८० असोज १३ गते शनिबार
ताजा समाचार