
सुर्खेत : नेकपा (एमाले) कर्णाली प्रदेशको बन्द शत्र शुरु भएको छ । बुधबार भएको प्रथम अधिवेशनको उद्घाटन शत्र बिहीबार बिहान ८ बजे शुरु हुने भनिए पनि केहि प्राविधिक तयारी गर्नु परेका कारण ढिला भएको प्रदेश अध्यक्ष विनोदकुमार शाहले जानकारी दिए ।
बन्द शत्र सनंचालनका लागि अध्यक्ष शाहले एमाले सचिव लेखराज भट्टको अध्यक्षतामा ११ सदस्यीय अध्यक्ष मण्डलको घोषणा गरेका छन् ।
अध्यक्ष मण्डलको सदस्यमा स्थायी कमिटी सदस्यद्वय यामलाल कडेल, गोरखबहादुर बोगटी, पोलिटव्यूरो सदस्य मोहन बानियां, भैरवसुन्दर श्रेष्ठ, लक्ष्मी पोखरेल, केन्द्रीय सदस्य विष्णु रिजाल, निरज आचार्य, धर्मराज रेग्मी, नगिन्द्र शाही, चन्द्रबहादुर विक, मोहनमाया ढकाल रगेका छन् ।
यसैगरी बन्दशत्रको बहस नोट कमिटीमा कर्णबहादुर शाही, प्रेम बुढा र पूर्ण रोकाया रहेका छन् । माईनट कमिटीमा टेकेन्द्र बुढा, धनसिंह र ईन्द्र केसी रहेका छन् । बन्द शत्रलाई संबोधन गर्दै पार्टी सचिव भट्टले मिशन ८४ अनुसार पार्टीलाई अघि बढाउन सबै नेताहरु बीचको एकतालाई जोड दिए ।












प्रतिक्रिया दिनुहोस्