२०८३ कात्तिक १ , शनिबार
Sadarline
२०८३ कात्तिक १ , शनिबार

पौडी खेल्ने क्रममा डुवेर किशोरको मृत्यु



बैजनाथ (बाँके)    बाँकेको बैजनाथ–३ मा रहेको भाईरल महेन्द्र तालमा पौडी खेल्ने क्रममा एक किशोरको डुबेर मृत्यु भएको छ । शनिबार बिहान घरबाट निस्केका कोहलपुर–१ कौसिलानगर निवासी १७ वर्षिय सुरेश सार्कीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

चार जनाको समूहमा पौडी खेल्न गएका थिए । उनीसँगै पौडी खेल्न गएका अन्य ३ जना भने सकुशल रहेका छन । ४ जनाको समुहमा घुम्न गएका उनीहरू मध्ये सुरेश पौडी खेल्ने भन्दै तालमा पसेका थिए । पौडी खेल्ने क्रममै सुरेश डुबेपछि उनिसँगै गएका साथीहरूले स्थानीयलाई खबर गरेका थिए ।

खबर पाए लगत्तै उद्दारका लागि खोजि गर्दा नभेटिएपछि समशेरगन्जमा रहेको सशस्त्र प्रहरी गणबाट उद्दार टोलि बोलाईएको बैजनाथ गाँउपालिका वडानं. ३ का वडाध्यक्ष निखिल बैगारले जानकारी दिए ।

उनले भने–‘ शनिबार दिउसो १२ बजेतिर घटना घटेको खबर पाए लगत्तै उद्दारका लागि खोजि गर्दा नभेटिएपछि समशेरगन्जमा रहेको सशस्त्र प्रहरी गणबाट उद्दार टोलि बोलाई खोजी गर्दा करिव २ बजेतिर डुबेर मृत अवस्थामा शव फेला परिएको हो ।’

सशस्त्रको गोताखोरको टिमले डुबेको अवस्थामा सुरेशको शव बाहिर निकालेको वडाध्यक्षले बताए । उनका अनुसार शवलाई पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगञ्ज पठाईएको छ ।

← Back

Thank you for your response. ✨

 

प्रकाशित मिति : २०८० भदौ ९ गते शनिबार
ताजा समाचार