२०८३ कात्तिक २ , आइतबार
Sadarline
२०८३ कात्तिक २ , आइतबार

योग गुरु भट्टराईको सम्मान



नेपालगञ्ज : गुरु पूर्णिमाको अवसरमा योग समिति नेपालका तर्फबाट योग गुरुप्रति सम्मान प्रकट गरिएको छ ।

योग समिति नेपाल केन्द्रीय कार्यसमितिका पदाधिकारी, योग प्रशिक्षक, नेपालगञ्ज उपमाहानगरपालिकाका बिभिन्न १० वटा योग केन्द्रबाट वडास्तरीय कार्यसमितिको संयोजकत्वमा उपस्थित योगसमितिका आजिवन सदस्य, योग अभ्यासीका तर्फबाट औपचारिक रुपमा कार्यक्रम गरि योग गुरु गिरिराज भट्टराईलाई खादा, सम्मानपत्र र फूलमालासहित सम्मान गरिएको हो ।

“स्वास्थय नै जिवन हो” भनि नियमित रुपमा योग प्रशिक्षण शुरुवात गरि निरोगी बनाउन महत्वपूर्ण योगदान पुर्याएवापत योगगुरु भट्टराईलाई सम्मान गरिएको हो ।

कार्यक्रम संयोजक ज्योतिप्रकाश पौडेल, योग समिति नेपालका सल्लाहकार नन्दलाल वैश्य, विश्वजित तिवारी र पधादीकारी लगायतले संयुक्त रुपमा सम्मान प्रदान गरी कार्यक्रमको गरिएको हो ।

कार्यक्रममा योग समिति नेपालकी सचिव निर्मला शाहा, सल्लाहकार नन्दलाल वैश्य, मिन बहादुर मल्ल लगायतले गुरुप्रति सम्मान प्रकट गरेको योग समिति नेपालकी उपाध्यक्ष लोकमाया सुवेदी (सुमित्रा) ले जानकारी दिइन् । योग समिति नेपालका सदस्य एवम प्रशिक्षक झविलाल शर्माले कार्यक्रम सञ्चालन गरेको उनले बताइन् ।

प्रकाशित मिति : २०८० असार १९ गते मंगलबार
ताजा समाचार